बाराको सिमरामा खाना महोत्सव हुने

लक्ष्मी पाण्डे

बारा २१ चैत्र
नयाँ वर्षको अवसर पारेर होटल व्यवसाय संघ बाराले सड्क खाना महोत्सव गर्ने भएको छ । सोमवार जिल्लाको सिमरा स्थित होटल सिमरा ईनमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । “सड्क मैं खाउँ, सड्क मैं रमाउँ” भन्ने मूल नाराका साथ चैत ३१ गते देखि बैशाख २ गतेसम्म सिमराको एयरपोर्ट रोड्मा खाना महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाईएको छ । २५ मुख्य र तीस सहायक खानाको बिभिन्न स्टलहरु रहँने सो महोत्सवमा नेपाली मौलिक ,नेवारी , थारु , थकाली , चाईनिज , ईन्डियन , फास्ट फुड तथा बेकरीका दर्जनौं परिकारहरु रहँने होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लामा रहेको सांस्कृतिक , प्राकृतिक , धार्मिक तथा ऐतिहासिक एवंम् पर्यटकिय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले सड्क खाना महोत्सवको आयोजना गरिएको शर्माले बताए ।

बारा , पर्सा , मकवानपुरका चार तारे होटल , होम् स्टे तथा बिभिन्न रेष्टुरेन्टहरुको सहभागिता रहँने उक्त महोत्सवमा उनीहरुको आ–आफ्नैं स्वाद प्रस्तुत रहँने आयोजकले जनाएको छ । तीन दिन सम्म चल्ने उक्त महोत्सवमा करिब एक करोडको आर्थिक कारोवार रहँने र एक लाख भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकका प्रेस संयोजक प्रकाश लम्सालले बिजनेसपाटी डटकमलाई बताए । बिभिन्न जनजातीका झाँकीहरु सहिँत राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहँने सो महोत्सवमा उपस्थित अवलोकन कर्ताहरुको प्रवेश निशुल्क रहँने बताईएको छ । बिरगंज पथलैया औद्योगिक करिडोरको प्रवेश द्वारमा रहेको सिमरा पछिल्लो समय आर्थिक गतिविधी लगायतका कारणले परिचित हुँदै गईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया