बैंकर्स संघको अध्यक्षमा अनिलकेशरी शाह

बिजनेसपाटी १ मङ्सिर

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकेशरी शाह निर्विरोध चयन भएका छन्। मंगलबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता समय अवधिभर अध्यक्षमा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन्।  बुधबार हुने संघको ३० औं साधारण सभामा दुई वर्षे कार्यकालका लागि मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह निर्विरोध चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ।  संघको उपाध्यक्षमा किशोर महर्जन र ज्ञानेन्द्र ढुंगाना पनि निर्विरोध चयन भएका छन्। सदस्यहरुमा अशोक शेरचन, भुवनकुमार दाहाल, ज्योतिप्रकाश पाण्डे, लिलाप्रसाद सिटौला र सुरेश खालिङ निर्विरोध निर्वाचित भएका छन्। कुनै पनि पदमा आवश्यकता भन्दा बढीको दाबी नरहेको कारण निर्विरोध निर्वाचित हुने भएको निर्वाचन समितिले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया