बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

बिजनेसपाटी २१ पौष

वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध भएका छन् ।  संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् । एशोसिएशनको विशेष साधारणसभाले उनलाई निर्बिरोध रुपमा चयन गरेको हो ।

यस अघि बैंकर अनिल केशरी शाह  संघको अध्यक्ष थिए । उनको मेगा बैंकमा समय सकिएपछि अध्यक्ष पद स्वतह खाली भएको हो । शाहले गत महिनानै मेगा बैंकमा अवधिका कारण पदबाट राजिनामा दिएका थिए । बैंकर्स संघमा पदाधिकारी रहन वा अध्यक्ष हुन कुनै पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुपर्छ । बैंकबाट बाहिरीना साथ संघबाट स्वतह बाहिरीने विधानमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया