बैंक अफ काठमाण्डु लुम्बिनीको ब्राण्ड एम्बेसेडरमा धुर्मुस/सुन्तली

बिजनेसपाटी ६ पौष
  व्यवसाव प्रवर्द्धनका लागि बैंक अफ काठमाण्डु लुम्बिनीले हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ ।
बुधबार ब्राण्ड एम्बेसेडरका लागि सम्झौंता भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन्  । खासगरी एम्बेसेडरले  रेडियो,पत्रपत्रिका, टेलिभिजन र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्नेछन्। बैंकले “ वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालार्इ अघि बढाउनेछ। बैंकका सिर्इओ श्रेष्ठले कलाकारद्धयको सहकार्यले बैंकलार्इ दीर्घकालिन रुपमा सहयोग पुग्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया