ब्याप्त भ्रष्टाचारको जगमा नेपालको सम्बृद्धि कल्पना : सिंगापुर की सोमालिया ?

 

माधव थापा

भ्रष्टाचार र वेश्यावृतीलाई मानव सभ्यताको सबैभन्दा पुरानो विकृती मानिएको छ । भ्रष्टाचार मान्छेको नैतिक र व्यवहारिक जीवनको सबैभन्दा कुख्यात प्रवृति हो । समाजभित्र क्यानसर जस्तो फैलिने भ्रष्टाचारको महामारीबाट आज नेपाल मात्र हैन विश्व नै आक्रान्त छ । मानव समाजको कमजोरी बनीसकेको लोभ पाप र दुराचारले मान्छेलाई भ्रष्टाचारतर्फ प्रेरित गर्दछ । भ्रष्टाचारको स्वरुप बहुआायामीक छ । सामान्यताः हामी कहाँ अनुचीत र अप्राकृतिक तरिका अपनाएर कालो धन बटुल्नुलाई भ्रष्टाचार मानिन्छ । तर गहिराईबाट निहाल्दा केवल आर्थीक अपराध मात्रै भ्रष्टाचार हैन । नैतिक, चारित्रीक र सामाजिक सांस्कृतिक पतनको रुपलाई भ्रष्टाचार मान्नुपर्ने हुन्छ । माहाभारत, रोमन ग्रीक र बुद्धकालीन सभ्यतामा समेत विश्वमा भ्रष्टाचार प्रभाव रहेको प्राचिन ग्रन्थहरुको अध्ययनबाट छर्लङ्ग हुन्छ ।

भ्रष्टाचार व्यक्तिगत, संस्थागत र नितीगत तीनै तहमा फैलिएको देखिन्छ । व्यक्तिगत भन्दा संस्थागत र संस्थागत भन्दा नितीगत भ्रष्टाचार डरलाग्दो हुन्छ । हाम्रो जस्तो तेश्रो विश्व मानिने देशमा संस्थागत हुदै नितीगत भ्रष्टाचार सम्म हावी भएको विडम्वना पूर्ण स्थिति छ । विश्वभरी हुने भ्रष्टाचारको बार्षिक सूचकांक प्रकाशन गर्ने भ्रष्टाचार विरोधी अन्तराट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल जसको शाखा नेपालमा समेत छ । यो खराब सूचीमा नेपाल समेत दर्ज हुनु दुःखद यर्थाथ हो । झण्डै १ सय ८० वटा मुलुकहरुको भ्रष्टाचार ग्राफ प्रस्तुत गर्ने ट्रान्सपरेन्सीको सूचीमा नेपालले १ सय १० स्थान भन्दा तल कहिल्यै झर्न नसक्नु लाजमर्दाे विडम्वना हो । संसारमा कुख्यात भ्रष्टाचारी मुलुकको रुपमा परिचीत रुवाण्डा, सोमालीया जस्ता अफ्रिकी मुलुकहरुसँग नेपालको तुलना हुनुले हाम्रो वास्तवीक हैसीयत छर्लङ्गीएको छ । भ्रष्टाचारको मामिलामा दक्षिण एसियाको रेकर्ड यसै पनि खराब छ । हाम्रा छिमेकी देशहरु भारत र बंगलादेश त झनै यो महामारीबाट आक्रान्त नै छ । भ्रष्ट सरकार, भ्रष्ट व्यूरोक्रेशी, भ्रष्ट न्यायालय, भ्रष्ट राजनीतिको कारण समाजको हरेक अंगहरु भ्रष्टाचारको घाटक मारमा परेका छन् । वामपन्थी सरकार भएका केही एसीयाली र ल्याटीन अमेरीकी मुलुकहरु एवं कल्याणकारी राज्य मान्यतामा चलेका केही युरोपेली मुलुकहरु जाहाँ राजनीतिमा नैतिकता, मूल्य, आर्दश र निष्ठनलाई प्रमुख मानिन्छ ति देशहरुमा भ्रष्टाचार स्वभावतः कम छ । राजनीतिलाई शक्तिको एकमात्र श्रोत मान्ने र शक्तिलाई थ्रि एम – मनि, मसल र मास ) को करामत ठान्ने सत्तापिपाशुहरु नै भ्रष्टाचारका मूल श्रोत हुन । राजनीति नै समाजको सर्वाेपरी निकाय हुनाले भ्रष्ट सत्ताले नै प्रशासन, न्यायालय र जैगी सेवाभित्र भ्रष्टाचार फैलाउन प्रेरीत गर्दछ । महँगो चुनाव सरकारको निम्ती करोडौंको किनबेच राजनितीज्ञहरुको विलाशी जीवन शैली, महल, पजेरौ प्राडो संस्कृति आदिले राजनितीको भ्रष्टीकरण गरेको छ । कर्मचारी, व्यापारी, समाजसेवी र नागरीक समाजको रुपमा चिनिएका मान्छेहरु समेत सदाचारको माला जप्दै भ्रष्टाचारको निर्लीप्त हुने दोहोरो मापदण्ड अर्थात पाखण्डमा बाँचेका छन् । यस्तै प्रवृतिकै कारण सायद बाहिर बाहिर सदाचार भित्रभित्रै पोको पार भन्ने उखान बनेको हुनुपर्छ ।

हाम्रो देशको मूलधारको राजनीतिलाई नैतिक पतनको हदसम्म पु¥याउने भ्रष्टाचारको प्रमुख नाइके मानिएका मूल राजनितीक नेतृत्व बिरुद्ध खासगरी युवाहरुले जेहाद नछोडेसम्म काग कराउँदै गर्छ पिना सुक्दै गछको भ्रष्ट सरकार ज्यूँका त्यूँ रहने छ । दलका प्रमुख नेता, सरकारका मन्त्रीहरु, खरीद बिक्रीका बस्तु बनाइएका सांसद र सरकारी एवँ निजी प्रतिष्ठावानका पदाधिकारीहरुको पैसाको निम्ती मरिहत्ते गर्न प्रवृतीका कारण भ्रष्टाचार ह्वातै बढेर गएको हो । नेताहरुको सिको कार्यकर्ता र कार्यकर्ताबाट नागरीक समाजले त्यो विकृती सापट लिएकोले हाम्रो देशले विकाश र समन्नतीको बाटो पक्रिन नसकेको हो । कमिशन, घुसखोरी, कालोबजारी, महँगी, बेरोजगारी जस्ता प्रवृति हेर्दा यस्तो लाग्छ हामीकहाँ भ्रष्टतन्त्र लुटतन्त्रमा पतन भईसकेको छ जसले देशलाई पतनको भडखालोमा खसालेको छ । प्रचार र आत्मरतीको निम्ती यदाकदा केही एन.जि.ओ. आइएनजिओमा डलर मात्र खाने कथित नागरीक समाजको अगुवाहरुले भ्रष्टाचारलाई किरा परोस् भन्ने टिर्सट लगाएर शहर बजारमा साना तिना जुलुस लगाउँदैमा भ्रष्टाचार उन्मुलन हुन सक्दैन । त्यसको निम्ती आवश्यक छ भ्रष्टाचारको विषवृक्षलाई जरै देखी उखेलेर फ्याँक्नु ।

त्यो काम तपाँई हामीजस्ता रगतमा भ्रष्टाचारका भाइरस पसिनसकेका उत्साहित, जुझारु र लडाकु युवा युवा विद्यार्थीहरुको अगुवाइईमा नै सम्भव छ । भ्रष्टाचार निवारणको मनचिन्ते झोली बोक्दैमा जादुमय शैलीमा समाजबाट भ्रष्टाचार निर्मूल हुनसक्दैन । आत्मसमिक्षा, आत्मीक, रुपान्तरण, नैतिक इच्छाशक्ति र स्वच्छ छवीको बलमा नै भ्रष्टाचारमुक्त स्वच्छ र सभ्य समाजको निर्माण गर्न सकिन्छ । तत्कालिन सोभीयत संघमा लेनीन चीनमा माओ, कोरीयामा किमइलसुङ्ग, क्यूबामा फिडेल क्यास्ट्रो र भियतनामा होचिमिन्हहरुले निर्माण गरेजस्तै जनवादी, समाजवादी वा वामपन्थी सत्ता सकिएको खण्डमा मात्रै माथिल्लो राजकीय निकायबाट भ्रष्टाचार नियन्त्रण र उन्मूलन गर्न सकिन्छ । किनकी खोला सफा बग्न मूल सफा हुनु प¥यो नि । समाजवादी वा वामपन्थी सरकारहरुले अपनाउने गरेको भ्रष्टाचार बिरुद्ध सुन्य सहनशीलता जिरो टोलोरेन्सीको निती भबिष्यमा नेपालमा लागु हुने हो भने अत्याधीक भ्रष्टाचार (म्यासीभ करप्सन) लाई निर्मूल गर्न सकिने छ । जनगणतन्त्र चीनमा खासगरी सि जीन पिङ् राष्ट्रपती भइसकेपछी भ्रष्टाचार विरुद्ध जिरो टोलोरेन्सी निती लागु गरेर सत्तामा हावी भ्रष्टमन्त्री, उच्च नेता र प्रशासकहरुलाई फाँसी सम्म दिएर त्यो विकृती निर्मूल गर्न खोजीदैछ । भ्रष्टाचारीलाई दण्ड (कुटाई) र सदाचारीलाई पुस्कर (मिठाई) दिएर सामाजिक शुद्धिकरण गर्ने अभियान नचलाई यहाँको दुर्गन्धीत सत्ता राजनिती सफा हुने र्छैन ।
हाम्रो देशमा भ्रष्टाचार विरुद्ध विभिन्न सरकारी, गैरसरकारी संस्थाहरुले प्रभावकारी नतिजा दिन सकेका छैनन् । खासगरी भ्रष्टाचार विरुद्ध खडा भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बिशेष अदालत, सार्वजनिक लेखा समिति, राष्ट्रिय श्रोतकर्ता केन्द्र, राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण आयोग, सिआईबी ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल च्याप्टर जस्ता आधिकारीक निकायहरुको काम कार्वाही हेर्दा झारा टार्नेखोलको देखिन्छ । व्यक्तिगत तहमा राम्रा पदाधिकारीहरुले छानबिन गर्न र सजाय दिलाउन खोज्यो भने यहाँको भ्रष्ट सरकार, राजनिती र व्युरोक्रेशी तिनीहरु विरुद्ध उल्टै जाई लाग्ने विडम्बनापूर्ण अवस्था छ । लाउडा विमान काण्ड, चेज एयर लगाएत शिक्षा र स्वास्थ्यमा भएका फितला अनुसन्धानहरु साच्चै निराशापूर्ण छन् । पद र पावरको दुरुपयोग गरेर अरबौं भ्रष्टाचार गर्ने नेता मन्त्री, प्रधानमन्त्री, कर्मचारी र काला व्यापारीहरु उल्टै छाती फुलाएर सदाचारको पाँडे पुराण हाल्दै हिडेको पाखण्डी दृश्य अब हामी जस्ता गरम जोश भएका युवाहरु टुलुटुलु हेर्नु हुदैन । क्रान्ति, प्रजातन्त्र वा लोकतन्त्रलाई लुटतन्त्रको साधन बनाउने भ्रष्ट सरकार, पार्टी, नेता र प्रशासकहरु विरुद्ध सर्वत्र विद्रोह चर्काउदै तिनलाई सडकमा ल्याएर नपछारे सम्म भ्रष्टाचार निवारण छेपारोको उखान बनिरहने छ । त्यसको निम्ती हामी युवा नेता कार्यकर्ताहरुले समेत आन्तरीक र बाह्य शुद्धिकरण थाल्न ढिलो भइसकेको छ ।

सेन्ट साइमन र रबर्ट ओबेनको जस्तो वैयक्तिक आत्मीक आदर्शबादले भ्रष्टतन्त्र उखेलेर समाज रुपान्तरणको महान अभिभारा पुरा हुनु सक्दैन । आज एण्टीकरेन्ट राजनितीको रेडिकल एवं देशभक्त धाराको नेतृत्व समालिरहेको वामपन्थीहरुको एकता र अब बन्ने कम्यूनिष्ट सरकारले विशेषत, समाजवादी, साम्यवादी स्वच्छ अर्थनिती र सभ्य समाज निर्माणमा जुट्दै विकाश र समृद्धीको बाटोमा लैजान ने.क.पा. (एमाले) र ने.क.पा. माओवादी केन्द्रका मुख्य नेतृत्व वर्गहरुले साहश र निती निर्माणमा अब्वल भएर देखाउन सक्नु पर्दछ । भ्रष्टाचार साझा समस्या विकास र समृद्धीको साझा संङकल्प भएभार सुन्दर, शान्त नेपालका सपना साकार सम्वभ हुनेछ ।

(लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् )

प्रकाशित मिति २०७४-१०-६

फेसबुकबाट तपाईको प्रतिक्रिया