भूकम्पपीडितलाई टेलिकमको नि:शुल्क इन्टरनेट

काठमाडौं २२ बैशाख
भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले नि:शुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुत गतिको इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको खबर आजको नागरिकमा छ ।

ती जिल्लामा दुई बर्षसम्म नि:शुलक सेवा उपलब्ध गराउने गरी बिहीबार सम्झौता भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया