महानायक हमालको हङ्कङ यात्रा

काठमाडौँ २८ मंसिर

नेपाली सिने नगरीका महानायक राजेश हमाल डिसेम्बरको अन्तयतिर हङ्कङ जाने भएका छन् । विगत ६ वर्षदेखि एक्रेटिभ मिडिया प्रालिले आयोजना गर्दै आएका ‘नोवेल क्विज मेनिया सिजन ६ अडिसन’का लागि महानायक हमाल हङ्कङ जाने भएका हुन् ।

२४ डिसेम्बरमा उक्त कार्यक्रम सम्पन्न हुने छ । एसियाली स्तरका बिद्यार्थीहरुको क्षमता प्रस्फुटन र सांस्कृतिक आदरप्रदानका उक्त अडिसनको आयोजना गर्दै आएको आयोजकको भनाई छ ।  नेपालमा अत्यन्तै लोकप्रिय टेलिभिजन शो ‘नोवेल क्विज मेनिया’ले पाँचौ प्रतियोगिताबाट एसियाका विभिन्न देशका बिद्यार्थीहरुलाई सहभागी गराई अन्तराष्ट्रियस्तरको कार्यक्रम बनाईरहेको छ ।

हङ्कङ अडिसनका लागि डिटु ईन्टरटेन्मेन्टका केन्जो राई र धर्मराज मगरले संयोजनको जिम्मा लिएका छन् । अडिसनका लागि क्विज मास्टर हमाल सहित एक्रेटिभ मिडियाका सिईयो हरि पोखरेल पनि हङ्कङ जाने छन् । कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारणमा हुनेछ । साप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया