मुद्दतीमा १० करोड ४८ लाख लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं १८ माघ २०७७।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गते सम्म ९३६५ दिन०का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८ करोड ३९ लाख रुपैयाँ बराबरको लगानी गर्ने भएको छ । यसैगरी विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५२ लाख रुपैयाँ लगानी गर्दै छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई माघ २० गते दिउँसो २ बजेभित्र पेश गर्न अनुरोध गरिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ

आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया