मोडलिङमा जम्दै रमन पहाडी

काठमाडौँ २२ जेस्ठ 
विजनेसपाटी सम्बाददाता
सिन्धुली जिल्लाको ओखर पोखरीबाट ०६९ मा काठमाण्डौ छिरेका रमन पहाडी गत एक साल यता  कला क्षेत्रमा ब्यस्त छन । म्युजिक भिडियोहरुमा मोडलको रुपमा अभिनय गर्न व्यस्त उनी दिनप्रति दिन चर्चा बटुल्न समेत सफल छन । पूर्ण संगम र पूर्णकला विसिको गायनमा रहेको‘ कोमल मन’ बोलको गीत मार्फत उनले पहिलो चोटी डेब्यु गरेका हुन् । त्यसपछी उनले युनिक प्रदिप विसि र टिका पुनको स्वरमा रहेको ‘मुछ्नु है टिका, छर्नु है जमरा’ गीतमा मोडलको रुपमा अभिनय गरेका छन । सो गीतले बजारमा राम्रै चर्चा पाएको थियो ।

????????????????????????????????????

त्यसैगरी रमनले ‘जय जय भगवान’ बोलको म्युजिक भिडियोमा पनि खलनायकको रुपमा भुमिका निभाएका छन । ‘जय जय भगवान’ नवराज पुरी र विष्णु माझीको स्वर र सन्तोष के वास्तोलाको लयशब्दमा सजिएको छ । त्यसैगरी स्वरका धनी राजु बरालले गाएको ‘ यो देश फेरी बन्छ’ बोलको देशभक्त गीतमा पनि अभिनय गरेका छन । अब छिट्टै उनको अन्य लोक तथा आधुनिक गीतहरु बजारमा आउने तरखरमा रहेको रमन बताउँछन ।

 

 

 

 

 

raman3

सानै देखिको आफनो आकाक्षा मेटाउन कला क्षेत्रमा हाम फालेको बताउने रमणले छोटो अवधिममै अनगिन्ती गीतहरुमा अभिनय गरिसकेका छन । आगामी दिनमा उनको फिल्म क्षेत्रमा समेत हाम फाल्ने चाहना छन । कला क्षेत्रमै भविष्य बनाउने उनका योजना छन ।

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया