मौलिक गरगहना निर्यातमा जोड

काठमाडौं१८, माघ २०७७ ।

सुनचाँदी तथा कला व्यवसायीले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले त्यस्ता गहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने विश्वास व्यक्त गरेका छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र ललितपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागतमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी व्यवसायीले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको उल्लेख्य सम्भाव्यता रहेको बताए ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइदा लिने धारणा राखे । अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्वबारे प्रकाश पार्दै व्यवसायी महासङ्घ, हस्तकला महासङ्घ र रत्न तथा आभूषण महासङ्घजस्ता एउटै प्रकृतिका सङ्घसंस्थाले आपसमा सहकार्य गरेर व्यवसाय प्रवद्र्धन गर्नुपर्ने बताए।

हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्व र सम्भाब्यता उच्च रहेको भन्दै त्यसलाई विश्व बजारमा लैजान राज्यको तर्फबाट विशेष पहल हुनुपर्नेमा जोड दिए ।RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया