म लेख्छु पत्र (चोका कविता )

 

वैरागी जेठा

म लेख्छु पत्र

सिँधुरे प्रभातमा

गाँठी फुकाइ

उमालेर पिएका

झरिला झिल्का

रगत पिउँदै ऊ

झटपटमा

फूल्दछ फूलभइ

आगो समान

तिम्रो छ बाटो खुल्ला

यही देख्छु म

झिलझिल्याउँदै बस्ती

घोक्रोमा दाँत गाड्छ

आज मानिस

रगत बगाएर

छलीको मन

अवशिष्ट खिन्न

लडेकै थिएँ

अस्तीसम्म म

आगो समान

छलको जल

लुच्चाहरु लिएर

मानव चिल्छ

बाटो छेकेर

कपट व्यवहार

यस युद्धमा

टाढा धकेल्नु पर्छ

कविता दिवसको अवसरमा लेखिएको चोका

फेसबुकबाट तपाईको प्रतिक्रिया