यसकारण पराजित भइन् हिलारी

काठमाडौँ, २५ कात्तिक –

अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन्। यथास्थितिवादको प्रतिनिधित्व गरिन्। जबकि उनका प्रतिद्वन्द्वी ट्रम्पले नयाँ योजना अघि सारे, आप्रवासी र मुसलमानलाई देश निकाला गर्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसम्मका राष्ट्रवादी घोषणा गरे। क्लिन्टनलाई इमेल प्रकरणले पनि घाटा पुर्‍यायो।

उनले फर्स्ट लेडी, विदेशमन्त्री र सिनेटरको रूपमा पाएको अनुभवले आफू योग्य उम्मेदवार भएको दाबी गरिन्। जसलाई अमेरिकी जनताले घमन्डी महिलाको रूपमा बुझे। अश्वेत, महिला र मुस्लिमको संरक्षण गर्ने उनको दाबी फितलो भयो, किनकि आठ वर्षदेखि उनकै दलको सरकार थियो।

हिलारीको भावुक सम्बोधन
हाम्रो अभियान एउटा व्यक्तिका लागि थिएन र एउटा चुनावका लागि मात्र पनि थिएन। सिंगो राष्ट्रको लागि थियो, तर हामी पराजित भयौँ, त्यसैले हामी सबैको मनमा पीडा छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया