यसकारण पुरूषहरू रोज्छन आफुभन्दा जेठी युवती

बिजनेसपाटी २ कार्तिक

माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्न पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ । माया बसेपछि उमेरको पनि कुनै महत्व हुदैन । यो कुराको पुष्टि के ले गर्छ भने समाजमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो आफुभन्दा जेठी महिलाहरुसँग सम्बन्ध गास्न मन पराउँछन् ।

पुरुषलाई आफुभन्दा जेठी महिलाहरु मन पराउने कारण भने महिलाहरुको परिपक्वता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठी महिलाप्रति बढी आकर्षित हुने गर्छन् । आफुभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्वताका कारण असमझदारी बढी हुने हुदाँ सम्बन्धमा धेरै बेमेल हुने गर्छ । जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने तथा कुरा बुझ्ने खालका हुन्छन् । भागदौडको जिन्दगीमा थकान बढी लाग्ने गर्छ । तर यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्कता भएका महिलाहरु सफल हुन्छन् । पुरुषहरुलाई भावानात्मक सहयोग दिनमा उनीहरु खपिप्स हुन्छन् । इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मदत गर्छन् ।

त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्वता रहेका हुन्छन् । यही कारण पनि पुरुषहरु आफुभन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया