“यस्तै रैछ संसार बिचित्र” सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ १८ फागुन

शिबदर्शन फिल्मस् प्रालिले वियोगान्त प्रेमकथामा आधिरित मनोज बाख्खोलेको दोश्रो लोकदोहोरी गीत “यस्तै रैछ संसार बिचित्र” बोलको गीत सार्बजनिक गरेको छ । यस गीतमा आफ्नो स्वार्थपूर्तिका निमित्त झुटो मायाको नाटक गर्ने र स्वार्थ पूर्ति भएपछी आफ्नो बाटो लाग्ने प्रेमी प्रेमिका बिचको कथावस्तुलाई संगीतको माध्यमबाट बुनिएको छ । प्रस्तुत गीतमा धनराज चुनारा र टिका पुनको सुमधुर आवाज सुन्न सकिन्छ भने शब्द बिक्रम थापा र प्रविन थापा अनि लय सिर्जना रुद्र जीएमको रहेको छ । गीतको भाव अनुसार शि दर्शन फिल्म्स प्रालिले यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकेको छ । भिडियोमा मनोज बाख्खोले र आरुषी मगरको निकै लोभलाग्दो अभिनय रहेको छ । “यस्तै रैछ संसार बिचित्र” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिब दर्शन फिल्म्स प्रालिकी संचालिका गायत्री थापाले गरेकी हुन् भने छायांकन कारण चैंसिर र सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया