याैन जिज्ञाशा मेटाउँदैं किशोरी

काठमाडाैं २४ कार्तिक

तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ?तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।

राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ ।

क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ ।

क्लिनिकमा सोमबार भेटिइन कोटेश्वरकी १५ वर्षीया एलिना खत्री (नाम परिवर्तन) । उनी तीन महिनादेखि महिनावारी रोकिएपछि त्यहाँ आएकी हुन् । अभिभावकले लिएर आएको उनले बताइन् । उनी उपचारको प्रक्रियामा छिन् ।

रोल्पाकी कृष्णा सुनार (नाम परिवर्तन) १९ वर्षकी भइन् । तीन महिनाकी गर्भवती उनी स्वास्थ्य परीक्षण गराउन सोमबार नै प्रसुतीगृह पुगेकी हुन् । एक वर्षअघि विवाह गरेकी उनमा अहिल्यै बच्चा जन्माउने सोच थिएन । प्रजनन स्वास्थ्यबारे जानकारी नहुनाले गर्भवती बन्न पुगेको उनले बताइन् । ‘पढाइ सकेर जागिर खाउँला भन्ने थियो, बीचैमा यस्तो भयो,’ उनले भनिन् ।

अस्पतालमा समय नपुगी विवाह गरेर गर्भवती बनेको थुप्रै किशोरी भेटिए । विवाह नगर्दै गर्भवती भएका किशोरी पनि भेटिए । अस्पतालले यो सेवा लिन आउने किशोर किशोरीको संख्या बढिरहेको जनाएको छ । सेवा सुरु गरेको नौ महिना भयो, यस अवधिमा १७ सय किशोर किशोरीले सेवा लिइसकेको क्लिनिकका संयोजक डा. हाजिरमान राईले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया