यी ८ खानेकुरा जसले जाडोमा छाला रुखो हुनबाट जोगाउँछ

एजेन्सी । नेपालमा भर्खर मात्रै जाडो मौसम भित्रिंदै छ । जाडो मौसम भन्नेवित्तिकै छालाको रुखोपन पनि सँगै आउँछ । कतिपयले यसको समाधानका लागि बडी लोसनको प्रयोग गर्नेगर्दछन् । तर तपाईंलाई थाह नहुनसक्छ यी खानेकुराले कपनि तपाईंको छाला रुखो हुनबाट जोगाउँछः

१.सखरखण्डः 

सखरखण्ड फाइबर रिच हुनुका साथै बीटा क्यारोटिन पनि प्रसस्त मात्रामा पाइन्छ । यसले छाला सुख्खा हुनबाट जोगाउँछ ।

२.बदामः

बदाममा भिटामिन इ को मात्रा उच्च हुन्छ । यसले कस्किन सेलमलाई क्षती हुनबाट जोगाउँछ ।

३.अण्डाः

अण्डामा पाइने ल्युटिन तत्वले छाला कोमल बनाइराख्छ ।

४.भुुई कटहरः

भुुई कटहरमा भिटामिन सीको मात्रा अधिक हुन्छ । यसले  स्किन सेलमा क्षती पुग्नबाट बचाउँछ र छाला नरम बनाइराख्छ ।

५ःकांक्रोः
कांक्रोलाई चिलो फलका रुपमा लिइने भएपनि यसले जाडोमा कपुर्याउने फाइदा अन्य धेरै छन् । यसमा पानीको मात्रा अधिक हुनेहुँदा छाला सुख्खा हुन पाउँदैन ।

६.टमाटरः

टमाटरमा लिपोइक एसिड हुन्छ, यसले पनि भुुई कटहरले जस्तै स्किन सेल क्षती हुनबाट जोगाउँछ र तपार्यंको छाला सुख्खा हुन पाउँदैन ।

७.माछाः

माछामा पाइने ओमगा ३ फेटिक एसिड तत्वले छालाको नरमपना कायम राखिरहन मद्दत गर्छ ।

८. पालुङ्गोः

मिठो सागका रुपमा लिइने पालुङ्गोमा फाइटोकेमिकल्स हुन्छ । कजसले कतपाईंको छाला सुख्खा हुनबाट बचाउँछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया