यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं ०६ बैशाख २०८०।यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को विशेष साधारण सभा बैशाख ६ गते बुधबारका दिन भैरहवामा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफइन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवनबीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

साथै तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल÷अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागिनि युक्त लेखापरीक्षक÷मुल्यांकन कर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही ÷ प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा् हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारीत भएको छ । यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजि संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया