राजधानीका हलमा ‘प्रेमी’

काठमाडौं १ पौष

 आज शुक्रबारदेखि राजधानीका हलहरुमा नेपाली फिल्म प्रेमी चल्ने भएको छ । प्रेम कथामा आधारित प्रेमीलाई विवेक थापाले निर्देशन गरेका हुन्र र  थापाले नै फिल्मको स्त्रि्कप्ट पनि लेखेका हुन् । कृष्णश्री काफ्ले र काशीनाथ पन्थीको संयुक्त निर्माणमा बनेको फिल्ममा कपिल गैरे, सृजना ढकाल, निशान्त पाण्डे, काशीनाथ पन्थी, पशुपति नेपाललगायतले अभियन गरेका छन्।  फिल्म राजधानी बाहिर भने पुस १५ देखि चल्नेछ ।

बुटवल आसपास खिचेको फिल्ममा विकास चौधरीले संगीत भरेका छन्। फिल्मलाई एम आलेले खिचेका छन् भने गोपाल परियारले द्वन्द्व निर्देशन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया