राप्तीभेरी र ज्योति विकास बैंक एकापसमा गाभिने

नेपालगन्ज २२ असार

राप्तीभेरी विकास बैंक र ज्योति विकास बैंक एकापसमा गाभिने (मर्ज) हुने भएका छन् ।

राप्ती विकास बैंकको नेपालगन्जमा भएको सातौं वार्षिक साधारणसभामा बैंकका सञ्चालक समिति अध्यक्ष प्रेमबहादुर भण्डारीले दुवै बंैकको मर्जबारे जानकारी गराएका हुन् ।

अध्यक्ष भण्डारीले आर्थिक वर्ष ०७४/०७५ मा बैंक मर्ज गरिने बताएका छन्  । उनले आगामी आठौं वार्षिक साधारणसभा ज्योति विकास बैंकसँग संयुक्त रूपमा गरिने समेत बताएका छन्  ।

नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तभित्र ५० करोड चुक्ता पुँजी पु¥याउने वा मर्ज गर्ने निर्देशन दिएकाले बैंकको सञ्चालक समितिको निर्णय बमोजिम ज्योति विकास बैंकसँग मर्ज गरेर जाने निर्णय गरिएको अध्यक्ष भण्डारीले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राईका अनुसार ०७३ चैत मसान्तसम्म राप्तीभेरी विकास बैंकले १ करोड १४ लाख ४३ हजार ४ सय ९४ रुपैयाँ नाफा गर्न सफल भएको छ ।

पछिल्लो आर्थिक वर्षमा १ अरब ४२ करोड ६ लाख ३३ हजार ७ सय ८ निक्षेप संकलन गरेको बैंकले ८४ करोड ५० लाख ३६ हजार ५४ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको राप्तीभेरी विकास बैंकले बाँके बर्दिया र दाङलगायतका जिल्लाहरूमा शाखाहरू खोलेर वित्तीय कारोबार गर्दै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया