रोइरहेको सुनसान कान्तिपुर नगरी र श्रावण महिना

युगकवि सिद्धिचरण श्रेष्ठको ऐतिहासिक खण्डकाव्य– भीमसेन थापा

 

 

 

 

 

 

 

– स्वयम्भू शाक्य

श्रावण महिना कान्तिपुर रोइरहेको थियो । मनमा अशान्ति भएर होला आगोको भूमरीमा एउटा ऐतिहासिक पात्र भीमसेन थापा जिउँदै जिल्दैं थिए । डाहा, ईष्र्या र जालझेलमा नखाएको विष लागेर होला ऊ जेलको कालो कोठरीमा भुते खुकुरीले (कतिपय इतिहासकारले झयालको ऐना फोडेर त्यसको टुकाले घाँटी सेरेर मारेको पनि भन्छन्) घाँटी सेरी आत्महत्याको प्रयास भएको थियो । कालोलाई सेतो, सेतोलाई कालो भनेपछि सूर्य आँतिएर होला आज चाँडैं अस्ताउन खोज्दैछ ।

हो, कान्तिपुर सुनसान छ । मसान जस्तो आगो बलेर खरानी हुन्दैछ । रुप, रंग र चेहरामा उदासीनताले होला यहाँ जनताको सातो गैसकेको छ । शैलराजहरु, छलकपटमा मान्छेको रगत चुसेर काँचो मासु चपाउँदैछन् । कान्तिपुर नून खाएको कुखुरा झैं नेराश्य भएर झोकिरहेको छ । अशुभैं अशुभका संदेश पाएर प्रकृति श्रावणको झरी झैं बग्दैछ । हो, आज एकादशीका दिन धर्म कर्ममा लाग्नु पर्ने त्यो बैरी मन भीमसेन थापालाई मार्न चक्रव्यह रच्दैछ । बाज, गिद्ध र ब्बासोहरुले भीमसेन थापाको शवमा कुनबेला रजाई गर्ने भनी काल कुररे बस्दैछ । त्रासै त्रास छ नराम्रो घडीमा बेसाइतको बाँस छ । बाघको खोरमा बाख्राको बसाई सराईले सत्यको नाश हुन्दैछ ।

भनिन्छ, श्रावण महिनामा शुभकार्य गरिदैन । किनकि श्रावण महिना कडा छ । कडा भएकोले होला ईश्वरको उपसना गर्ने गरिन्छ । दया, माया र करुणामा बाँच्न सिकाउँने, पञ्चशीलमा बस्न सिकाउँने अष्टशीलमा रहन सिकाउने समग्रमा मान्छे भएर मान्छे भैई बाँच्न सिकाउने यो याममा नेपालको इज्जत र शान राख्ने भीमसेन थापालाई इन्द्रको बज्रले छातीमा हानेपछि मुटु फुटेर रत्ताम्भ्य भएको छ । हो, दैव नै वैरी भएपछि आज भीमसेन थापालाई बन्धनमा पारी नरवलि दिईदैछ ।

दरबार आफैमा तरवार बन्दोरहेछ । तरवार भित्र सत्य नहुन्दोरहेछ । षड्यन्त्रको राजनीतिमा हत्या, हिंसा र कोट पर्व मचिन्दोरहेछ । त्यसैले होला कान्तिपुरको कान्ति हराएको वेला धरहरा डरले कतैं लुक्न खोजे जस्तो लाग्छ । सुन्धरा रोएर होला पानी होइन आँशु बगिरहे जस्तो लाग्छ । यो निश्चेष्ट शरीर भित्र आँधी र बेरी मात्र होइन् पापी आत्माले जिउँदो दागवत्ती दिइन्दोरहेछ । त्यसैले शोकमा परेर विद्रोहीको बोली बोल्ने युगकवि सिद्धिचरण श्रेष्ठले मनको घाँऊ यसरी पोख्छन्

के भो ! आज छ टक्क कान्तिपुर नै चाञ्चल्य सुस्ताउँदो
सारा कालिगडी सुकेर यसको लावण्य अस्ताउँदो
के सिङ्गारपटारले रहित भैं आयो उदासीनता
या जान्छे कि सती समस्त नगरी ली काखमा दीनता ।

८ ८

खोई कान्ति कता छ ? कान्तिपुरको हिस्सी, छटा जग्जगी ?
लागी लाज नुही नुही धरहरा कैं लुक्न पो खोज्छ कि !
सुन्धारा पनि आज लौं विकल भै रोइरहेको छ कि ?
पानी होइन आँशुको भल यहाँ झारीरहेको छ कि !

राजनैतिक कलहले गर्दा दरवारमा कहिले सुख र शान्ति रहन सकेन । शक्तिको आडमा मान्छे मार्नु र मर्नु दरवारको नियम बनिसकेको थियो । त्यसैले होला मुख्तियार भीमसेन थापालाई शत्रुको आँखा लागेर होला जिन्दगी छोटो बनाउन व्रिटिशको इशरामा महारानी साम्राज्यलक्ष्मी र रणजङ्ग पाण्डेले ऊ हिड्ने गोरेटो बाटो भत्काउन थाल्दैछन् । नेपालको आस्था, शक्ति र भक्तिमा विश्वास गर्ने, लोभ लालचमा कहिले नलाग्ने, कुशल कुटनीटिक र वीरताले नेपालको स्वतन्त्रताको रक्षा गर्ने गतिशील राजनेता भीमसेन थापाको निर्देशनमा विरामी देवेन्द्र विक्रम शाह (महारानी साम्राज्यलक्ष्मीका ६ महिनाका कान्छा छोरा) लाई विषयुक्त औषधि प्रयोग गरेर मारेको झुठ्ठा संगिन अपराधमा आज कठोर सजाय दिदैंछ ।

आखिर माकुरा न हो, जाल बुनेर जालको पासो थापेर कलुषित भावनामा आफनो स्वार्थसिद्ध गर्न खोज्दैछ । मान्छे–मान्छे भएर बाँच्न सक्नु पर्दछ । मान्छे राक्षेस होइन, मान्छे किन राक्षेस बन्न खोज्दैछ ? मौका पाए मान्छेले मान्छेको मासु किन खान खोज्दैछ ? दुःख, पीडा र यातना दिएर आत्मा रोइरहेको बेला बैरी किन हाँस्न खोजिन्छ ? थाहा छैन, भीमसेनको रगत पिउन प्रेत आत्माहरु किन घाँऊ पार्दैछ ?

घाँऊ समयले निको पार्न सक्छ । तर भीमसेनको घाँऊ निको पार्न होइन संघाका लागि आलो रगत बगाएर चाहेको बेला चुस्न चाहन्छ । हे ईश्वर, तिमीलाई धृृणा छ । सत्यको नाश भएपछि सत्यले सरापेको यो देशमा तिमीलाई पुजिने कुनै ठाँउ छैन । आस्था र विश्वासको घरोहरमा भीमलाई हेर्ने तिम्रो आँखा किन भएन ? मात्र तिमी ढुङ्गा भएर बाँच्न चाहन्छौं ? न बोल्न सक्छौं न रोक्न सक्छौं ? केवल प्राणीजगतको रक्षाको लागि भनी यो धरतीमा आखिर किन आयौं ?

भीमसेनकोे मुटु दुखेको छ । काल कोठेरीमा भूतहरुको विगविगी छ । आठ पहराहरु जिउँदैं छाला काटेर वैरीहरुको आहारा बनाउनु खोज्दैछ । त्यसैले होला धर्मपत्नी भक्ति कुमारीलाई नाङ्गै शहर घुकाउने हल्लाले भीमसेन बाँच्न होइन अब ऊँ मर्न चाहन्छ । भुत्ते खुकुरीले आफनैं गलामा सेरेर रक्त स्नान गरी ऊ संघाका लागि विदा हुन चाहन्छ ।

ए के भो नहुने कुरा हुन गयो वित्यास–वित्यास भो
रक्तस्नान गरेर भीम मुखिया भैमा दलेको छ त्यो
भित्तामा पनि रक्तघार कसरी लागिरहेको अहो !
देख्ता हुन्छ छियाछिया हृदय यो साहैं नराम्रो भयो ।

८ ८
दोषी भन्दछ भीमसेनकन को ? सक्दैन यस्तो हुन
ढुङ्गामा बरु पध्म फुल्दछ भने विश्वास गर्नेछु म
मार्ने बालकलाई भीम कहिले षड्यन्त्रकारी हुन
सक्दैन भनि देशका सवजना सक्छन् सही लाउन ।

जिउँदो माछा तातो कराईमा भुते जस्तै वीरत्मालाई वेइज्जती गरे पछि उसको आत्माले मर्नु वाहेक बाँच्न कहाँ सक्छ र ? भनिन्छ शास्त्रहरुमा आत्महत्या गर्नु पाप हो । त्यसैले होला पाप र पुण्यको यो मानव जीवनमा जीउने एउटा बाटो हो । बाटो फरक हुन सक्छ । वैरीले अध्यारो कोठामा मान्छेको रगत पिएँर पनि थाहा नभएर मान्छेहरु धर्मात्मा भनिदोरहेछ ।

हो, कालचक्र परिवर्तनशील छ । सत्ययुगको भीमसेन कलियुगमा जेलभित्र सक्ताम्थ भएर प्राणको भीख माग्दैछ । न मर्न सक्यो न जीउन सक्यो अचानो बनेर घिट्घिट् भएर प्राण चल्दैछ ।

म विवश छु, देखेर पनि नदेखे जस्तो गर्नु पर्दोरहेछ । मुख भएर पनि बन्धकी राखेर बस्नु पर्दो रहेछ । यो कस्तो वीभत्स काल आज नदेखेनी हन्थ्थो । काली मन्दिरमा राँगोलाई बली चढाएँ जस्तै भीमसेन थापालाई पनि नरबली दिएर ढालेको छ । धिकार छ त्यो दिन, यस्तो दिन यो संसारमा कहिले नआओस् । बैरी नै किन नहोस् त्यस्तो दिन देख्न र सुन्न कहिले नपरोस् ।

पाले जो त्यस कालका जति थिए भन्थे डराई बरा
कस्ता काल कठोर पस्न नहुने ताल्चा थियो द्वारमा
ढोका प्वाल चियाई भित्र जव यो देखें कराएँ पनि
आए धेर परन्तु शक्ति नभई हेरेर फर्के अनि ।

८ ८

देखें आज नदेख्नुथ्यो जुन कुरो वीभत्स दृश्यावली
काली मन्दिर वेदीमा बलि वनी राँगो ढलेको सरि
के संझूँ अति नारकीय घटनालाई मरेको भनी
वैरीले पनि देख्न, सुन्न नपरोस् यस्तो त काहीं पनि ।

आज भीमसेन थापा विष्णुमतिको किनारमा फँ्याकिएको छ । लाशसरि प्राण चुइन नसकेर एउटा त्यान्डोमा अड्किएको छ । भाग्य खोसेर दैवले लगेर होला, हलचल विना नदीको किनारमा काल पर्खेर बसिरहेको छ । देशको मायाले अनन्त श्रद्धा र भक्तीभावले ज्यानको बाजी लगाई स्वचित्त भई थुप्रैं कर्म गरेको छ । थाहा छैन, राम्रोलाई नराम्रो भन्नु पर्दाेरहेछ । दरवारको चलन तराजुमा अट्न गाह«ो हुन्दोरहेछ । त्यसैले होला दरवार भित्र न्याय होइन मत्स्य न्याय चल्छ । यो सत्यले सरापेको देशमा अन्यायलाई न्याय भन्नु पर्दोरहेछ । त्यसैले न्याय मारेर मसानघातमा सेलाउन खोज्छ । थाहा छैन, हामी किन चुपचाप छौं । न्याय अन्याय छुट्याउन नसक्ने हामी विवेकहिन प्राणी हौं । अपितु प्राणी भित्र न्याय हुनु पर्दछ तर आज न्याय आगोमा बलिरहेको छ । हो, न्याय बचाउन आगोलाई चिसोपानीले खन्याएर भावी सन्ततिमाथि यसको छाप मेटाउँनु पर्दछ । न्याय मरे जीवन मर्छ । जीवन बाँच्न न्यायलाई बचाउनु पर्दछ । यस्तो घोर कलङ्कमा युगकवि सिद्धिचरण श्रेष्ठ निराश भई सम्भावनाको वाटो खोज्न चाहन्छ ।

भुत्ल्याएर चरो कठैं ! अघमरो ल्याई नदीको तट
फयाँकेको सरि आज विष्णुमतिमा मान्छे कुनै छट्पट
वेहोशी अनि होशको बीचमहाँ झुन्डिरहेको छ त्यो
सेरी मर्न भनेर मर्न नसकी तड्पीरहेको छ त्यो ।

८ ८

यस्तो ता हुनुहुन्न यसले विग्रन्छ देशैं पनि
भावी सन्ततिमाथि छाप यसको पर्ला बडो बैगुनी
तिम्रो न्याय मरिरहेछ कसरी यो देशका पक्षमा
केको आड लिएर फेरि जिउने यो घोर संघर्षमा ?

गगन कालो भएर होला आज घनघोर पानी पर्ला जस्तो छ । दिन राम्रो छैन । अशुभै अशुभको संकेतहरुले आज हामी नेपालीहरुलाई नैराश्य छाएको छ । सत्य बोल्नु पर्छ । असत्यले देश भत्किन सक्छ । सेतो–सेतो नैं हुनु पर्दछ । बहुमतले कालो भन्दैमा सेतो कालो हुनै सक्दैन । आगो–आगो नैं हुनु पर्दछ बहुमतले आगोले पोल्दैन भन्दैमा आगो हिउँ कहिले बन्न सकदैन ? धिक्कार छ, त्यस्तो मान्छेलाई जसले राक्षेसको मन लिएर जन्मेको छ । कसैलाई दुःख, व्यथा र पीडा दिएर न मर्नु र बाँच्नुमा हाँस्नेहरुलाई यो धर्ती फाटेर चाँडैं मरोस् भनी ईश्वरसंग पुर्कान चाहन्छु ।

थाहा छ, राजनीति आफैमा कलंकीत शब्द हो । कतैं सफा छ त कतंै धमिलो पानीमा माछा मार्न चाहन्छ । त्यसैले भीमसेन थापाका विरोधीहरुले यो देशको खम्बालाई भत्काएर नेपालको राजनीतिमा रंग फेर्न साम, दाम, दण्ड र भेदको नीति अपनाएर आज तेत्तिस कोटी देवताको आँखामा पती बाँडेर घायल भीमसेन थापाको प्राण कहिले चुडेर जाला भनी हेरिरहेछ ।

आज हामी बोल्नै पर्दछ । वन्धकी राखेको यो बोली फुटाउनै पर्दछ । यो अन्याय अत्याचारको युगलाई समाप्त पार्नै पर्दछ नत्र इतिहासले हामीलाई थुक्ने छ । जिउँदैं मुर्दा बनेर हामी नेपालीहरु बाँच्नु पर्ने छ ।

बुद्ध जन्मेको देशमा न्याय होइन अन्याय भए पछि हामी नेपालीहरु जति सुकै टाढा भागे पनि भविष्यले हामीहरुलाई धिक्कार्ने छ । सराप ने छ र संधा संधाका लागि आजको दिन मानवताका लागि कालो कलंकको रुपमा इतिहासमा लेखिने छ । त्यसैले हामी जाग्नु पप्र्यो, उठ्नु पप्र्यो र सोच्नु पप्र्यो । मसाल बोकेर अध्यारोलाई चिर्नु पप्र्यो होइन भने यो देशमा भोका नाङ्गा नेपाली जनताहरुलाई राजनीतिका नाउँमा विदेशीको ईशराले दास बनाउनेछ । त्यसैले हामी उठ्नु पर्छ । अर्काको कुरा ठीक बेठीक छुट्याएर हामी आफैले निर्णय लिन सक्नु पर्दछ । होइन भने आजका दिन संधाका लागि पीडा बन्न सक्छ ।

हो, भीमसेन थापाले यो देशको उज्ज्वल र भलाईका लागि आफनो बुद्धि, विवेक र शक्तिले भ्याए सम्म मुलुकको सेवा गर्दा पनि आज किन दीन लाग्दैछ । प्राणघाती व्यथा देखेर पनि हामी नेपालीहरु मर्मघाती कथा पढ्न तयार हुन्दैछ । थाहा छैन, यो घोर अनर्थ अन्याय सहरे यो आँखाले आज किन हेदैंछन् ? यो मुख किन जिब्रो चपाएर कुरा गदैछन् ? यो कान किन अशुभ समाचार सुन्न चाहन्छन् ? यो हात किन अधर्महरुको काममा सघाउँन खोज्दैछन् ? यो खुट्टा किन लोभीपापीहरुसंग हिड्न खोज्दैछन् ? धिक्कार छ, आजको दिन सोझा साझा नेपाली जनताहरुका लागि अचानो बनाएर छलकपटमा राजनीति गर्ने वीर सपुतका वैरीहरुलाई न्यायको कठघरामा उभ्याएर संगिन अपराधमा जन्मकैदको सजाय तोकेर संधाका लागि यो कलम नै भाँचु भाँचु जस्तो लाग्दैछ ।

थुक्ला है इतिहासले यदि यही लिन्छौ भने भीरुता
मुर्दाको चकमन्नता पनि यहाँ लज्जाउने मौनता
धिक्कार्ने छ भविष्यले जतिसुकै टाढा पुगे तापनि
तेर्सी यो घटना संघै छ रहने पीडा र व्यथा बनी ।

८ ८

यो कस्तो जडता विदीर्ण दिलको यो प्राणघाती व्यथा
यो देख्दा पनि चुपचाप रहने यो मर्मघाती कथा
साँच्चै घोर अनर्थ पो हुन गयो के देख्नु यस्तो पप्यो
भाँचँु लाग्छ मलाई यो कलम नैं के लेख्नु यस्तो प¥यो !

हो, ऊँ आफैमा सर्वव्यापी छ । शंङ्क ध्वनिले मान्छेको जीवनमा जागरण मात्र होइन् मन मस्तिकलाई पनि शुद्ध बनाउँछन् । तर आज बजाएको शंङ्कध्वनि जागरणको लागि होइन् । मन्दिरमा बजाएको घण्टाँले अर्चनाको लागि होइन् केवल कालले निल्न नसकेका देशभक्ती वीर भीमसेन थापालाई अत्महत्याबाट बचाउन नसकेर आहत भएका नेपाली जनताहरुको चित्कार हो । वैरीहरुले मागेको भीमसेन थापाको यो दुर्गतिलाई ईश्वरले किन तपक प्राण टिपेर लग्न सकेन् । भीमसेन थापाले पूर्वजन्ममा के पाप गरे होला आज संकटमा प्राण झुन्डिएर बाँचिरहेछन् ? जान्छु भन्दा जान नदिने ? बस्छु भन्दा बस्न नदिने ? यो कस्तो पीडा सहनैं नसकने दुःखदायी पोल्टामा काल आएर पनि लग्नै नसक्ने ? त्यसैले होला भीमसेन थापाको अन्तिम जिन्दगी रक्तरंजित भई निर्ममतापूर्वक अमानवीय व्यवहार गरेकोमा निश्चिय नैं भविष्यले सत्यको खोजि गर्ने छ । धर्मकाँटामा न्याय र अन्याय छुट्याउने छ ।

हो, नेपाल डुवे समस्त नेपालीहरुको वेइज्जती हुन्छ । नेपाल उठे समस्त नेपालीहरुको सम्मान र गर्व हुन्छ । त्यसैले नेपालको भलाईको लागि संघै गहिरिएर काम गर्ने भीमसेन थापा आज विष्णुमतिको बगरमा फयाँकिएर कालको प्रतिक्षामा छ ।

यो कस्तो भाग्य ? विडम्वना ! हिज्जो देशको लागि पर्दा आफनो ज्यानको बाजी लगाएर यो देशको रक्षा गर्ने आज किन अपमान हुन्दैछ । देश र नरेशको सेवा गर्ने व्यक्तिलाई आज किन थुक्दैछ ? थाहा छैन, हामी नेपालीहरु किन बोल्दैन होला ? किन सुन्दैन होला ? बहिरो मान्छे
मौनब्रत बसे झैं टुलुटुलू आँखाले हेरेर ज्यूज्यान सरकार कैं हो भनी अध्यारो बाटोमा हिड्दैछन् । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ लेख्छन्

पर्दा देश, नरेशलाई कहिल्यै सुस्ताउनै जानिन
छाडी देश, नरेश क्यै जगतमा आफनो भनी मानिनँ
ऐले देश, नरेश ती पनि सबै थुक्छन् मलाई किन ?
पर्दा आज मलाई, मौन सब छन् बोल्दैन कोही किन ?

मृत्यु मोक्षको बाटो हो । मान्छे हिड्दा हिड्दै विश्राम लिने ठाँउ हो । आफनो कर्मको फल फस्यौट गरेर स्वर्ग र नर्क जाने अन्तिम बाटो हो । त्यसैले सत्य स्वाशस्त छ । सत्य आगो झैं तातो र हिऊँ झैं चिसो हुन सक्छ ।

आखिर मान्छेको चोला न हो, कर्कलाको पानी जस्तो चुहेर रित्तिएको गाग्री जस्तो थोपा थोपामा घाम–पानी हुन्दैं हुन्दैं खिया लागेको फलाम झैं एक दिन मान्छेले पनि आफनो शरीरको काँचुली फेर्नुपर्छ ।

हो, मान्छेको जिन्दगी भित्र के के हुन्छ, हुन्दैन भन्न सकिन्न । थाहा छैन भाग्य भीरबाट खसेर रविको किरण नपुगेको डर लाग्दो ठाँउमा रुखको हाँगामा अडिकिएर बसेको बेला न यता न उता कता कता अध्यारो ठाँउमा पानीको तिर्खाले होला एक अञ्जुली पानीको लागि ईश्वरसंग प्रार्थना गदैछ । हे ईश्वर ! एक अञ्जुली पानीले मेरो जीवन धन्य हुने भए आज हुरी र बतास संगै मुसलधार पानी परेर निर्धकसंग पानी पिएर संधाका लागि आँखा चिम्लन पाऊँ ।

आकाश विशाल छ । पाताल विशाल छ । मान्छेले चाहे मन भित्र आकाश र पाताल अटाउन सकिन्छ । ई¥र्याले होइन् । देषले होइन् । मन भित्र साँग्लो पानी बग्न दिनु पर्दछ । धमिलो पानीले मन दृषित भएको बेला मान्छेको नाममा दानवको रुप लिन सकिन्छ ।

भीमसेन थापालाई आज अखंड संकट परेको छ । दुङ्गा पग्लेर पानी भई गल्दैछ । त्यसैले आज संधाका लागि विदा माग्न उसको शरीर भित्र एक थोपा मात्र रगत बाँकी छ । पापी र कुर्मर्मीहरुको जालझेल र छटकपटको यो राजनीतिमा षड्यन्त्रै षड्यन्त्रैको कथा छ । ई¥र्या र धोकाको कहाली लाग्दो व्यथा छ । यस्तै कहाली लाग्दो कथा र व्यथाले भीमसेन थापाको शरीर रक्ताम्य छ । नदीको बगरमा रगतै रगतले लट्पटिएर होला वीरयुद्धा पुरुस्कृत हुन्दैछ ।

यहाँको नियम यस्तै छ । सत्यले सरापेको मेरो देशमा जस्को शक्ति उसैको भक्ती हुन्दैछ । सत्यलाई मार्नु पर्छ तब असत्यको जीत हुन्छ । न्याय र अन्यायको युद्धमा अन्यायीहरुले न्यायलाई निल्दैं छ । त्यसैले यहाँ कालसर्पहरु विगीविगी छ । लोभीहरुको व्यापारमा पापीहरुको अपार छ ।

बोल्नु हुन्दैन, जिब्रो थुतेर दरवार लगिन्छ । हेर्नु हुन्दैन, आँखा फोडेर भूईमा गाडिन्छ । जिब्रो छापको यो शासनमा कतै विराए तातो फलामको झोल पिलाइन्छ । त्यसैले भोक लागेको बेला खरानी दिन्छ । तीर्खा लागेको बेला आगो । मान्छे–मान्छे भए पनि किन होला पशुको व्यवहार ?

घाँटी सुक्न गएर माग्दछ जसैं आई कुनै निष्ठुर
तातो झोल, फलामले डसिदिने यो ठाँउको दस्तुर
लाग्यो भोक भनेर माग्दछ जसैं तातो खरानी दिने
लौ त्यस्तो पनि खान खोज्दछ भने आई हुरी पोख्दिने ।

मान्छेको जिन्दगीमा राम्रो मात्र होइन नराम्रो काम पनि हुन सक्दछ । त्यसैले भनिन्छ, मान्छे आफै गुण र वैगुणीको संमिश्रण हो । चाहेर गर्नु र नचाहेर गर्नुमा फरक हुनु पर्दछ, होइन भने यो संसारमा प्रगतिको बाटो बन्द हुन सक्छ ।

क्षमा आफैमा अन्तत छ । जीवनको अन्तिम घडीमा दुई हात जोडेर मागेको क्षमाले आत्मगाल्नीको संज्ञा दिन्छ । न सच्चाउन सक्छ न परिस्थितिले मिलाउन सक्छ ? देशको रक्षाको लागि कतैं भीमसेन थापाले नचाहिदो काम त गरेन ? शक्तिको नाममा कतैं दुरुपयोग त भएन ? सम्झिन खोज्छ, युद्धमा मान्छे मार्नु युद्धाहरुको धर्म हो । कतैं त्यो धर्म अधर्म त भएन ? हे ईश्वर म कर्मको फल भोग्न तयार छु । नेपाल आमाको काखमा यो प्राण अर्पेर साँझको पर्खाईमा आजको दिनलाई विदा माग्न खोज्दैछु ।

हामीलाई थाहा छ, दिन पछि रात आउँन्दोरहेछ । लोभीपापी र अधर्मीहरु आज ठूलो चार्डको उत्सव मनाउँदैछ । अध्यारो कोठामा रगतको मसी चोप्दैं जालझेलको कथा विदेशीको ईशरामा हामी नेपालीहरुले लेख्दैंछ ।

हो, राजकुमारको हत्यामा मलाई फसाउनु थियो त भाजुमान र एकदेवलाई किन मारियो ? झुठ्ठा लान्छना लगाउनु नैं थियो भने यो महाजाल किन विछाउनु प¥र्यो ? होइन–होइन सत्य होइन् राजकुमारको हत्यामा हामीहरुको कुनै संलग्नता छैन । आकाश खसोस् । धर्ती फातियोस् यो झुठ्ठा परिपञ्चमा हामीहरुको केही हात छैन् । हे ईश्वर नखाएको विष लागेर आज यो जीवन अभिशाप बन्दैछ ? देश भक्तीको नाममा यो जीवन विताएर आज किन आफनै धर्मपत्नीलाई नाङ्गो शहर घुमाउदैछ ? धिक्कार छ, यो जन्म बरु पशु भएर बाँचेको भए जीवन सफल हुने थियो ।

हामी एकजुट भएर न्याय र अन्यायको यो संग्राममा सत्यलाई जिताउँनैं पर्दछ । आगोको मुस्लो बनेर महान क्रान्तिले शोषकहरुलाई धपाउनैं पर्दछ । पाप र भूलका तिर्नै नसक्ने ती ऋणहरुलाई नयाँ युगले तिरी दिनु पर्दछ । हो महाप्रलयमा घात र प्रतिघातको यो भीषणयुद्धमा काला माकुरा तथा घमिराहरुलाई संधाका लागि नष्ट गर्ने पर्दछ ।

भूलैं कति भएन जीवनमहाँ मैले कसोरी भनूँ !
धेरै भूल भए परन्तु अहिले सोचेर नैं के गँरु !
यस्तो ठाँउमहाँ पुगे म अब ता के सक्छु सच्चाउन !
जे जस्तो परिणाम हुन्छ नसही भन्नैं कहाँ सक्छु र !

८ ८

लागेको छ दनन्न अग्नि घरमा अन्याय दन्कीकन
जन्मी क्रान्ति महान् यसै मुलुकमा फर्कून सबैका दिन
हाम्रा पाप र भूलका तिरिदिउन् तिनैं नसक्ने ऋण
यो नैं माग र भीख ती सुजनमा होे भीमको अन्तिम ।

युद्धले कोल्टो फेरिसकेको छ । नदीको किनारामा राजनीति शब्दलाई धोई पर्खाली गर्दा आज भीमसेन थापाको मृत्यु भएको छ । सिमसिमे पानीमा मेघ गज्ररे भीमसेन थापाको मृत्युले आज स्वर्गका राजा इन्द्रले देव–देवताहरुको बैढकमा के निर्णय गर्ने हो ? हेनु बाँकी छ ! अस्तु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया