‘लभ पर्न सक्छ’ बजारमा

काठमाडौँ २२ माघ

गीतकार डा कृष्णहरि बरालको शब्द रहेको सञ्चारकर्मी तथा पत्रकार ईश्वरी बरालको पहिलो गीति एल्बम ‘लभ पर्न सक्छ’ बजारमा आएको छ । गीतमा सङ्गीतकार गैरे सुरेशको सङ्गीत र ईश्वरीको स्वर छन् । नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ । गायिका ईश्वरी ‘नेपाल एफएम’ नेटवर्क ९१.८ मा आबद्ध छन् ।

गीतकार डा बराल र सङ्गीतकार गैरेले साङ्गीतिक क्षेत्रमा आएको नयाँ प्रेम गीत लोकप्रिय हुने विश्वास व्यक्त गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया