ललितपुरको हरिसिद्दीमा बाघ आतंक, गोठमै आक्रमण गरी बाघले खायो बाख्रो 

बिजनेसपाटी २७ कार्तिक ।
केही समय अगाडि अर्घाखाँची जिल्लामा बाघले बच्चा खाएको समाचार सेलाउन नपाउदै यता ललितपुरमा पनि बाघ आतंक सुरु भएको छ ।
ललितपुर महानगरपलिका २८ हरिसिद्दीमा रहेको एटाइम एग्रिकल्चरल रिसर्च एन्ड डेभ्लपमेन्ट फार्म प्रालिको खोरमै आक्रमण गरी बाघले एउटा माउ बाख्रो मारिदिएको छ
एटाइम एग्रिकल्चरल नेपालमै केही गरांै भन्ने उदेश्यले स्थापना भएको एटाइम गु्रपको कृषि क्षेत्रको परियोजना हो । एटाइम गु्रपले आफुहरुले देशमै केही गर्न चाहेपनि सरकार तथा सम्बन्धीत निकायहरुले कुनै खालको सहयोग नगरेको गुनासो समेत गरेको छ ।
कर्मचारीतन्त्र र सरकारको हल्लाखोरे प्रब्रितीले युवाहरुलाई देशमै केही गरौं भन्ने भावना मर्ने गरेको सस्थाका सिइओ बसन्त भुसालले बताए ।
कृषि बिमाको तथा कृतिम गर्भाधान बारेमा सुनिएको तर बिमा सेवा प्रदान गर्ने इन्सुरेन्स कम्पनीलाई संपर्क गर्दा गाईको मात्र गर्छौ, बाख्राको गर्दैनौ भन्ने तथा उपत्यकामा बाख्राको कृतिम गर्भादानको पनि सुबिधा नभएको बारेमा खुमल्टारमा रहेको पशुसेवा प्रजनन केन्द्रमा सम्ंपर्क गर्दा सरकारी तबरबाट गर्दैनौ । हामी बिशेषज्ञ हो र प्राइभेट रुपमा तपाईंलाई सेवा दिदा तपाईंको खर्चले धान्दैन भन्दै होच्चाइएको कुरा पनि उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया