लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

काठमाण्डौ १७ माघ २०७९ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीका बीच आज मंगलवार होटल ¥याडिसन, लाजिम्पाटंमा एक कार्यक्रम बीच एक आपसमा गाभ्ने तथा गाभिने अन्तिम सम्झौता सम्पन्न भएको छ । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गर्नुभएको हो । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।

मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिने जनाइएको छ । त्यसैगरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव + DDA Report समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात (Swap Ratio) क्रमश १०० : ८० कायम रहनेछ ।
साथै दुवै कम्पनीको आ.ब. २०७८-०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात क्धबउ च्बतष्य गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पंूजी रु.२,६२,२६,३८,१९५÷—कायम रहनेछ । त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३-३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट हाल रहनु भएका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया