|
|
२०८२ पुष १४
1.5k views
ललितपुर । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेस नेता रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिनका लागि आज आयोग पुगेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको क्षति र त्यसको छानबिनका लागि बनेको जाँचबुझ आयोगमा बयान दिनका लागि लेखक आज गएका हुन् ।
लेखकलाई आयोगले पत्र पठाएपछि उनी बयानका लागि गएका हुन् । सोमवार मध्यान्ह लेखक आयोगका पुगेका हुन् । बयान सकिसकेपछि संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया