विराटनगर उडान अझै प्रभावित

विराटनगर १४ भाद्र

साउन अन्तिम साता आएको बाढीका कारण प्रभावित विराटनगर विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। यो खबर मिलन बुढाथोकीले आजको अन्नपूर्णमा लेखेका छन्।

बाढीले अवरूद्ध विमानस्थल एक सातापछि सञ्चालनमा आए पनि पूर्ण उडान गर्न अझै समस्या छ। दिवा उडान मात्र गर्न मिल्ने विमानस्थलमा नाइट तथा लो भिजिविलिटीमा उडान अनुमति नभएको सेवा प्रदायकले बताएका छन्। देनिक १५ वटासम्म उडान हुने विमानस्थलमा अहिले बढीमा ८ वटा मात्र हुने गरेका छन्। काठमाडौं पछि विराटनगरलाई बढी यात्रु चाप हुने विमानस्थलका रूपमा लिइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया