विश्वकै ठुलो ‘न्युर्योक म्याराथुन’मा नेपालीले देखाए साहश

बिजनेसपाटी २३ कार्तिक ।
विश्वकै ठुलो ‘न्युर्योक म्याराथुन’ नोबेम्बर ५ मा अमेरिकाको न्युर्योकमा शहरमा सम्पन्न भएको छ । एक सय २५ देशबाट ५२ हजार भन्दा बढीको प्रतियागीको सहभागिता रहेको यस म्याराथुन ४३ किलोमिटर दुरीको सबैभन्दा लामो दुरीको म्याराथुन समेत हो । सन् १९७० बाट हरेक बर्ष आयोजना हुदै आएको यस म्याराथुनमा यसपटक अमेरिकामा बस्दै आएका नेपालका युवराज खनालले पनि सहभागीता जनाउने अवसर पाएका छन् ।

विभिन्न चरणहरु पार गरेर मात्र सहभागिता जनाउन पाइने यस दौड प्रतियोगितामा छनौट भई आफुले पनि सहभागी हुन पाएकोमा गौरव लागेको खनालले बिजनेसपाटी अनलाइनलाई बताए ।


युवराज खनाल यस प्रतियोगिताको मुख्य आयोजक रहेको ‘न्युर्योक रोड रनर’ नामक संस्थाको क्रियाशील सदस्य समेत हुन् । सो संस्थामा क्रियाशिल सदस्य रहेर उनले विगत २ बर्षयता थुप्रै म्याराथुन प्रतियोगितामा भाग लिइ अनगिन्ती मेडल समेत हात पारिसकेका छन् । खनालले यस पटकको न्युर्रोक म्याराथुनमा ४३ किमि दुरी करिव ५ घण्टामा नै पार गरेका हुन् । उनी प्रतियागितामा फष्ट वा सेकेण्ड नभएपनि नेपालको तर्फबाट एक्लो प्रतियोगी भएर निर्धारित दुरी सफलतापुर्वक पार गरी नेपालको इच्यत राख्न सफल भएका छन् । दौडमा फष्ट, सकेण्ड र थर्ड हुने प्रतियोगीहरुलाई एक लाख देखि पचास हजार डलरसम्मको पुरस्कार राशी व्यवस्था थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया