विष्णु माझीले ‘यति सजिलै भुल्छौ’ भन्दै आशु चुहाएपछि…(भिडियो सहित)

बिजनेसपाटी ३ माघ 

  गीत संगीतका पारखीहरुका लागि मर्मिम लोकगीत बजारमा आएको छ । गीतमार्फत कलाकारिता क्षेत्र समर्पित हुन गायक गमल बि.सी पनि बजारमै आएका छन् । गायक बि.सी शिब दर्शन डिजिटल प्रालि मार्फत बजारमा आएको ” यति सजिलै भुल्छौ भनेर ” लोक दोहोरी गीतको साथमा आएका हुन् ।

पवन के.सी , मनिज ठकुरी र बिशाल पुनको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको ” यति सजिलै भुल्छौ भनेर ” बोलको गीतमा गमल बि.सी, महेन्द्र भण्डारी र अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय खेम सेन्चुरी र शब्द नेत्र अर्यालले सिर्जना गरेका छन् । गीतले आफ्नो माया भएर पनि नभए झैँ वियोग सहनु परेको कथा बोलेको छ । यस गीतको म्युजिक भिडियोमा मनोज , सारिका र सन्तोषको अभिनय रहेको छ  । भिडियोलाई निर्देशन शिबदर्शन डिजिटल म्युजिक प्रालिका अध्यक्ष गायत्री थापाले गरेकी हुन् भने छायांकन करण चैंसिर र सम्पादन प्रविन रेशमी मगरले गरेका छन् । गीत युटुबमार्फत सार्बजनिक भएको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया