सप्तरीको महादेवामा नयाँ शाखा

काठमाडौं ३० फागुन
एन आई सी एशिया बैंक लि.को महादेवा गाउँपालिका ६, सप्तरी स्थित महादेवा शाखाको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवबाट २८ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा बैंकको प्रशंसा गर्नुभयो ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल विस्तार गर्न सफल भएको बैंकको १४ लाख ५० हजार ग्राहक रहेको छ । बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडैनै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । नायव प्रमुख कार्यकारी सुधीरनाथ पाण्डेद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया