समाजसेवा होइन् भाषण गरेर मान्छे अघाडी बढेका छन् ।

 

लिलामाया पौडेल,
समाजसेवी एवं महिला अधिकारकर्मी

१) तपाइको समाजसेवी गतिविधि कसरी अघि बढदैछन् ?

निरन्तरता नै दिइरहेको छु । खासगरी झापा र काठमाण्डौमा मेरो समाजसेवी क्रियाशिलता ज्यादा छ । हालै मैले आफनो गृहणी महिला उद्धार संघको तर्फबाट झापामा ४ ओटा सिलाइ कटाइ मेसीन र ७० जना विद्यार्थीहरुलाई डे«स वितरण गरेँ । ३० हजार जती फेरी एउटा अरुणोदय बाल विकासका लागि सहयोग दिएका छौ । त्यसैगरी जिवन ज्योती स्कुललाई पनि हाम्रो संस्थाले सहयोग गरेको छ । यसरी झापातिर नै ज्यादा समाजसेवी काम गर्दै आएको छु । खासगरी हाम्रो सामाजिक गतिविधिको लागि गृहणी उद्धार महीला संघले नै फण्ड खोज्ने र त्यो फण्ड सामाजिक कार्यमा लगानी गर्दै आएको छ । जिबिस, सभासद कोषको, कमला शर्माको पैसा अलिकति छुट्याइदिनु भएको रहेछ त्यही कोष हामीले त्यहाँ परिचालन ग¥यौ । अव चाँही फेरी हामीले छिट्टै तालिम सुरु गर्दैछौ । ब्याग तथा जुत्ता बनाउने तालिम गराउन लागेका हौ ।

ll..२) गृहणी उद्धार महिला संघ कसरी स्थापना भएको हो ? र, यसले के–के काम गर्छ ?

अहिले यसले घरलु हिंस्सामा परेका महिलाहरुको उद्धारको काम गर्दै आएको छ । त्यसैगरी चेलीबेटी बेचविखन र बलत्कार विरुद्ध आवाज पनि उठाउँदै आएको छ । खासगरी अहिले घरलु हिंस्साकै केसहरु लडिरहेका छौ । यस संस्थाको स्थापना चाँही ०६७ सालमा भएको हो । ०६७ सालदेखि यता यसले निरन्तर रुपमा अनगिन्ती काम गरिसकेको छ । अप्ठेरोमा परेर बोल्न पनि नसक्ने र अदालत भनेको के हो पनि थाहा नभएका महिलाहरुको समेत यसले उद्धार गरेको छ । यसरी समाजसेवा र राजनीतिमै केन्द्रित छु ।

३) राजनीीत पनि भन्नु भो । कुन पार्टीमा आवद्ध रहेर कसरी अघाडी बढदै हुनुहुन्छ ?

देशभक्त पर्यावरणीय सामाजिक मोर्चा अर्थात देपसा मोर्चा भन्ने राजनीतिक दलमा म आबद्ध छु । यो सम्पुर्ण रुपमा समाजसेवामा लागेकाहरुले खोलेको नयाँ पार्टी हो । सामाजिक पार्टी भएकै कारण म यसमा ४ बर्ष देखि आबद्ध छु । यसका अध्यक्ष सुरेन्द्र ढकालले अनाथ बालबालिकाहरुको शिक्षा र पिछडिएका महिलाहरुको क्षेत्रमा धेरै काम गर्नु भएको छ । उहाँले सामाजिक कामको आलवा देशको घिनलाग्दो राजनीतिलाई सफा गर्न आफनो पैत्रिक सम्पती नै ट्रस्ट बनाएर राखेर पार्टी खोल्नु भएको हो । यसरी वरिष्ठ समाजसेवी सुरेन्द्र ढकालको पार्टी देपसमा मोर्चामा रहेर समाजसेवामुखी राजनीीत म गर्दैछु । हामी पहिले काम गछौर्, अनि राजनीति आफै हुन्छ भन्ने हाम्रो विश्वास छ । ५ लाख जति लगानी अध्यक्षले झापाको सामाजिक कामको लागि गरिदिनु भएको छ । जुन रकम मेरो सस्थाले परिचालन गरेको हो । फलस्वरुप माहोल पनि झापा क्षेत्र नं ४ मा राम्रै छ । म जस्तै गरी अरु पनि लाग्ने हो भने पार्टी धेरै अघि बढदथ्यो । तर त्यस्तो देखिदैन । समाजसेवा मात्रै गरेर भन्दा पनि अहिले त भाषण गरेर मान्छे अघि बढेका छन् ।

५) कृषि पनि गरिरहनु भएको छ देखिन्छ नी ?

कृषि चाँही राजनीति र समाजसेवा भन्दा पनि स्वस्थ तवरले खान र आफै बाँच्न यो गरेकी हूँ । केही गाई पनि पालेकी थिएँ मैले सिनामंगलमा तर अभागवश सबै मरेँ । मलाई २० लाख जस्तो घाटा भयो । कृषिमा लागेर स्वस्थ अर्गानिक खाँदाखेरी मेरो आफनै रोग पनि धेरै ठिक भयो । यसरी आफनै स्वास्थ्यलाई पनि राम्रो र पार्ट टाइम घरमा बसेको बेला शरिरलाई कसरत पनि हुने भएकोले मैले यो गरेको हुँ । अलिअलि पैसा पनि हुन्छ, बालबच्चा पढाउन ।

                                                                                        प्रस्तुती : सगिता सुवेदी
प्रकासित मिति २०७३–११–२९

फेसबुकबाट तपाईको प्रतिक्रिया