सरला गौतमको उपन्यास ‘डुमेरो’ बजारमा

काठमाण्डौ १५ साउन २०७७ ।

लेखिका एवं पत्रकार सरला गौतमको उपन्यास ‘डुमेरो’ बजारमा आएको छ । गौतमको सो उपन्यास
पब्लिसन्स नेपालयले सार्वजनिक गरेको हो । सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथावस्तुमा उपन्यास केन्द्रित छ।
खासगरी सामाजिक एवं राजनीतिक विषय-वस्तुहरुमा केन्द्रित रहेर प्रखर रुपमा कलम चलाउँदै आएकी सरला गौतमले यसअघि नै आफुलाई राष्टियस्तरमै शसक्त लेखिकाको रुपमा स्थापित गरिसकेकी छिन् । उनको लेखनी र अखबारहरुका स्तम्भ धेरैले रुचाउने गरेका  छन् । प्रखर आधुनिक एवं आलोचनात्मक चेत राख्ने उनको यस उपन्यास पहिलो साहित्यिक कृति हो।

पुस्तकलाई नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा प्रकाशन सस्थाले आशा लिएको छ । साहित्य अनुरागीहरुलाई यस उपन्यासले दरोखरो प्रभाव छाड्ने प्रकासक सस्थाले बताएको छ । पुस्तकको मूल्य ४९५ रुपैयाँ रहेको छ । पुस्तक देश भरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने जनाइएको छ । यसको इ–बुक प्रतिलिपि भने थुप्रै डट कम(thuprai.com)बाट किन्न सकिन्छ । साथै पुस्तक अनलाइन बिक्रेता अमेजन मार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया