२०८२ फाल्गुन ६ | Feb 18, 2026

सहकारी ठग र गँजेडीहररूले देश चलाउन सक्दैनन : काँग्रेस नेता राठौर

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १३
|
1.5k views

ललितपुर । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले रवि–बालेन एकतापछि कडा आक्रोश व्यक्त गरेका छन् । उनले यी नयाँ राजनीतिक दलहरूलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौति दिएका छन् ।

राठौरले आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सहकारी ठग र गँजेडीहररूले देश चलाउन नसक्ने टिप्पणी गरेका हुन्् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता राठौरले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिए।

उनले आगामी फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी समेत दिए ।

उनले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गरेका हुन् । उनले भने, ‘यी नयाँ पार्टीहरू कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ । युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यि गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया