सानिमा लाइफले ल्यायो शुभलक्ष्मी जीवन बीमा योजना
बिजनेसपाटी १२ कार्तिक ।
सानमा लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको सानिमा ‘शुभ लक्ष्मी जीवन बीमा योजना’ प्रस्तुत गरेको छ । यस योजना अन्र्तगत बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको कम्पनीले जनाएको छ ।
सरल बीमा शुल्कमा रु.१० लाख सम्मको बीमा गर्न पाईने सुबिधा भएकोेले यस योजना जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने आशा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया