साहित्य जीवनको प्रभावशाली उर्जा हो–पुन्य गौतम‘विश्वास’

पुन्य गौतम ‘विश्वास’,
कवि, साहित्कार एवं राजनीतिज्ञ
१.) प्रगतिशील लेखक संघको वरिष्ठ सचिव हुनु भएकोमा सुरुमा त बधाइ छ । संघले हिजो आजका दिनमा के कस्ता गतिविधि अघि बढाइ रहेको छ ?
धन्यबाद । प्रगतिशिल लेखक संघ नेपाली लेखकहरुको सबैभन्दा प्रतिष्ठीत, विशाल र पुरानो संघठन हो । यसले साहित्य र कलाको क्षेत्रमा रचनात्मक योगदान गरिरहेको छ । साहित्यिक गतिविधिलाई नै प्रभावकारी बनाउने काम हिजोआज यसले गरिरहेको छ ।

२) विशेष गरी तपाई कविको रुपमा चिनिनुहुन्छ, साहित्यकारहरु माझ, तपाइको कविताको चर्चा पनि हुन्छन् । हिजोआज चाँही किन कविता त्यति लेख्नु भएको छैन नी ?
सरोकारको लागि हार्दिक धन्यबाद । यदाकदा फुर्सदको समयको सदुपयोग गर्दै कविता कोरिन्छ । रचनाको स्तर र गुणवत्ताबारे तपाईहरु जस्तो सचेत पाठकले मुल्याङकन गर्ने विषय हो ।

३) पुस्तक धेरै नै पढ्नुहुन्छ भन्ने सुनिन्छ । हिजोआज कुन पुस्तक पढदै हुनुहुन्छ ?
समय मिल्नासाथ पुस्तक पढिन्छ । राजनीति र संगठनमा अधिकांश समय ब्यतित गरिन्छ । नेपालको पत्रकारिताको विकास ब्यापक छ । साहित्य पनि रचनात्मक भन्दा ज्यादा ब्यवसाहिक हुदै गएको अवस्था छ । अहिले चाँही म थोमश पिकेटीको ‘क्यापीटल इीन ट्वान्टी फष्ट सेञ्चुरी’ दोहो्याएर पढदैछु । साथै दरबारको पुर्व सचिव रेवतीरमण खनालको संस्मरणको पुस्तक पढने तरखरमा छु ।

४) तपाइका समकक्षी कवि एवं साहित्यकारहरु धेरैले पुस्तक प्रकाशन गरिसकेका छन । तपाइसँग राम्रा साहित्यिक सिर्जना छन् तर पुस्तक किन प्रकासन गर्नु भएन ?
मसँग पुस्तक प्रकाशनको निम्ती आर्थिक अभाव छ । तर केही समयपछी पुस्तक प्रकाशन गर्ने तरखर गर्दैछु ।

५) तपाइको साहित्यिक यात्रा अब कसरी अघाडी बढछ त ?
मेरो साहित्यिक यात्रा कहिले तीब्र र कहिले सुस्त गतिमा अगाडी बढदैछ । म राजनीतिमा पुर्णकालिन कम्युनिष्ट आन्दोलनमा छु । ०४५ साल देखि आजसम्म अविछिन्न संग्लन छु । अहिले केन्द्रिय नेत्रित्वको टीममा छु । साहित्यमा प्रतिबद्ध भएर अघाडी बढदाको सन्तुष्टी अतुलनीय छ । भोलीका दीनहरुमा पनि यसरी नै अघि बढनेछु ।

६) अन्त्यमा, केही छन् विजनेसपाटी डटकमका पाठक स्रोतालाई सन्देश ?
तपाइको अत्यन्त लोकप्रिय अनलाईन विजनेसपाटी डटकम प्रति आभारी छु । पाठक स्रोतालाई विगत झै माया गरिदिन अनुरोध गर्दछु । सम्मान गर्दछु । p1

 

 

 

 

 

 

 

 

तिम्रो संकट ( कविता )

  -पुन्य गौतम ‘विश्वास’

कलिलैमा घोक्यौ हामीले
तिम्रो स्कूलमा मुक्तिको बाह्रखरी
यहि नै हो तिम्रो प्रारम्भीक सकंट !

पढायौ हामीलाई प्रेमसँगै घृणाको वर्णमाला
तिम्रो लागी थप संकट !

सरकारी पिंजडामा बसेर
रट्न त रट्छौ सुगा झै शान्तिको ‘गोपीकृष्ण कहो’
तर पिंजडामा सानो अक्षरमा लेखीएको
‘मेड इन इन्डिया’ पनि पढन जान्दछौ हामी
सकंटमाथी अर्को संकट !
क्रान्ति जस्तो हिमाल आरोहणबाट थाकेर
सक्ताको हेलिकोप्टरमा उड्न पल्कीएकाले
सक्दैनन् अव मुस्ताङ चड्ने भावुक अभिनयबाट
हाम्रो समवेदना भडकाउन !
नितान्त नयाँ सकंट !

चिनाइ सकेका छौ मानवताका सवैभन्दा ठुला शत्रुहरुलाई
र, पनि अचानक गाँसेका छौ आज
तीसँग अश्लिील मितेरी साइनो
जसले जन्माएको छ हाम्रो मनभीत्र विद्रोहको ज्वालामुखी
कस्तो महासंकट !

तिम्रो संकटमा हुनेछैन हामीलाई ‘हर्ट एट्याक’
न त गुमाउने छौ मानसीक सन्तुलन !
च्ुापचाप देखिन्छौ हामी
तर चलाइ नहाल जितौरीको भोजभतेर ‘मौनम् स्विकृती लक्ष्यणम ¬’ सम्झेर
किनकी गहिरो सन्नाटाले निम्त्याउँछ शक्तिशाली आँधी ।
हेक्का राख ।
संकटग्रस्त तिमीले खासेको
हाम्रो बाँझो तर मलिलो जमिनमा
रोप्नेछौ परिर्वतनका नयाँ बिरुवाहरु ।

निजगढ –२ बारा
हाल जोरपाटी

प्रस्तुती सगीता सुवेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया