सिटिजन्स बैंक र होटल मेरिडियनबीच सम्झौता

काठमाण्डौ २२ माघ २०७७ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच बैंकका ग्राहक महानूभावहरुलाई बिभीन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया