सिड्नी साँगितिक तिरीमीरीमय बन्दै

 

बिजनेसपाटी संवाददाता, सिड्नी १ अगस्त

आगामी अगस्त १३ मा सिड्नी तीरीमीरीमय हुने भएको छ । हार्मोनी सारेगमको प्रस्तुतीमा सिड्नीको यसफील्ड टाउन हलमा अष्ट्रेलीयाबाटै आफनो सांगीतीक गतिलाई अगाडी वढाइरहेका गायकहरुको प्रस्तुती हुने भएको छ । तिरीमीरी नाइटको लागी अष्ट्रेलीयामा रहेका गायकहरु समीर आचार्य, सैलेश शर्मा, सुवास लामीछाने र संजीव पराजुलीले जोडदार प्रस्तुती दीने भएका छन् भने युट्युव क्वीन निक्की कार्की यसै कार्यक्रमको लागी अमेरीकावाट अष्ट्रेलीया आउने तयारीमा छीन ।

कार्यक्रमा नृत्यको प्रस्तुती अष्ट्रेलीयाकै नृत्य ग्रुप नेपीन्डोको हुने तय भएको छ । पछिल्लो समयमा सिडनी लगाएत अष्ट्रेलीया भरी नै नेपाली कार्यक्रमहरु नीकै उल्लासमय वनाएर प्रस्तुत गर्ने गरे पनि प्राय कार्यक्रमहरुमा साउण्डको कमजोरी देखीएका हुन्छन् यसै कुरालाई मध्यनजर गर्दै पूर्ण मनोरञ्जको साथमा लाइटिंग र साउण्डमा आयोजकहरु निकै ध्यान दिएको जानकारी आएको छ । समीर आचार्य र निक्की कार्कीको लगातार २ वर्ष २ वटा गीतहरु “हैन भन्देउ न माया हैन भन्देउन” र “दुनीया वेग्लै छ” ले नेपाली सांगीतीक आकाशमा धमाका मच्चाइसकेको छ भने गायक संजीव पराजुलीले नेपाली सुगम संगीतमा आफनो नाम ठुलै अक्षरले लेखाइसकेका छन् । “भिलमील झिलमील” र “चाहनामा म तिम्”रो जस्ता ओजन भएका गीतहरुले श्रोताको मन जीतीसकेका छन । त्यसै गरी “तिमी हीडने वाटो भरी” र “मदहोसी भए म” जस्ता गीतहरुले गायक शैलेस शर्मा पनि मन मनमा वस्न सफल भएका छन । गायक सुवास लामीछानेको निकै मौलीक प्रस्तुती हुने कार्यक्रमलाई पूर्णरुपमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरीने भएको छ । सही कलाकारको परीचय स्टेजमा दिने अभिप्रायले कलाकारहरु निकै उत्साहीत छन तिरीमीरी पार्न । बिजनेशपाटी तिरिमिरि टिमलाई अग्रिम शुभकामना दिन चाहन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया