सिभिल बैंकको खुद मुनाफामा ८५.२० प्रतिशतले बढ्यो

बिजनेसपाटी ३१ श्रावण ।

सिभिल बैंक लिमिटेडले आ.व.२०७४-७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले रु ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशतको फड्को हो । त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर रु. १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै रु. १६.९१ करोड आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी रु. ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी रु. ३९ अर्ब ४६ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।
बैंकले गत आवको तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम रु ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम रु २९ करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।
आ.व. २०७४-७५ को मसान्तसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया