सिभिल बैंकमा हामा र युनिक फाइनान्स विलय हुँदै

काठमाडौं २२ फागुन ।
सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्सलाई  प्राप्ति गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। आज भएको सम्झौतापत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, हामाका अध्यक्ष राजनकृष्ण श्रेष्ठ र युनिक फाईनान्सका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
एक्वीजीशनपछि पनि बैंकको नाम सिभिल बैंक नै रहने बताएको छ ।  बैंककको हालको संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने समेत बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
एक्वीजीशनपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्व पाँच करोड र  बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया