सुनतस्करसँग एसएसपीको यस्तो सेटिङ

काठमाडौं, २३ फागुन ।

एसएसपी सा’बले भनेको न्युरोडतिर सिभिल प्रहरी खटाइएको छ,’ एयरपोर्ट भन्सारका कर्मचारी राज ढकाल र सुन तस्करीमा संलग्न दिलबन्धु थापाबीचको फेसबुक च्याट हो यो । गत २० डिसेम्बरमा उनीहरूबीच कुराकानी भएको थियो ।

अाजको नयाँ पत्रिकामा खबर छ– यसले सुन तस्करीमा प्रहरी र भन्सार कर्मचारीको कति मिलेमतो छ भन्ने प्रस्ट हुन्छ । उनले एसएसपी सा’ब भनेर श्याम खत्रीलाई भनेका हुन् । खत्री ३३ किलो सुन तस्करीको आरोपमा एक महिनादेखि सिआइबीको हिरासतमा छन् । त्यसबाहेक पक्राउ परेका अन्य कर्मचारीले पनि एसएसपी खत्रीले सहयोग गरेको बयान दिएका छन् । गोप्य नम्बरबाट भन्सार कर्मचारी, एसएसपी र तस्करहरूबीच पटक–पटक कुराकानी भएको सिआइबीले जनाएको छ ।

तस्करहरूसँग कुरा गर्न एसएसपी खत्रीले छुट्टै नम्बर लिएका थिए । जुन नम्बर २१ पुसदेखि स्विच अफ थियो । सोही दिन बेलुका उनले भन्सारका कर्मचारीलाई फोन गरी आफूहरूले कुरा गर्ने नम्बर र मोबाइल डिस्पोज गरेर फाल्न लगाएका थिए । सो विषय श्रीनारायण यादवले दिएको लिखित बयानमा उल्लेख छ । सोहीअनुसार उनीहरूले आइफोन फाइभसम्म ढुंगाले टुक्रा–टुक्रा बनाएर हनुमन्ते खोलामा फालेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया