सेयर बजारमा आज इन्स्योरेन्स कम्पनीको बर्चस्व

बिजनेसपाटी सम्बाददाता
काठमाडौं १ असार ।  
बुधबार फेरि लगानीकर्ता इन्स्योरेन्स समूहमा लागेका छन्  । आज  बुधबार इन्स्योरेन्स समूह सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।  इन्स्योरेन्स समूहको सूचक बुधबार २६७ अंकले बढेर ९०१५ अंकमा पुग्यो भने कारोबार रकम एक अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
इन्स्योरेन्स समूहको कारोबार रकमले पनि आज  बैंकलाई जितेर ६७ करोड ९६ लाख रुपैयाँ पुगेको छ  ।आज बुधबार लुम्बिनी जनरल इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स ,युनाइटेड इन्सयोरेन्स, एनएलजी,  सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयर कारोबार निकै उच्च भयो ।
 आज इन्सयोरन्ेस पछि जलविद्युत समूहको सूचक पनि सुध्रिएको छ । बुटवल पावर कम्पनीको करिब १० प्रतिसतले र बरुण हाइड्रोको पनि करिब १० प्रतिसतले नै मूल्य बढेपछि जलविद्यूत समूह पनि उकालो लागेको हो ।
आज गुडविल फाइनान्स,नमस्ते वित्तीय सस्था, , कञ्चन डेभलपमेन्ट बैंकलगायतका केही कम्पनीका लगानीकर्ताले भने आज केहि  गुमाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया