सैनिक शासनमा हुर्किएका शासक

कालिदासबहादुर राउत
शक्तिशाली अमेरिका विश्वका कैयन मानिसको निम्ति जान बस्न रहर लाग्ने देश भएको छ । विश्वकै एक सर्वशक्तिमान राष्ट्र अमेरिकामा हुने भैरहेका कृयाकलापले विकासोन्मुख वा विकसित सबै राष्ट्रहरुमा हलचल उत्पन्न गराउने गरेको छ । अमेरिका अनुकरणीय प्रजातान्त्रिक देश हो । लोकतान्त्रिक देशमा अद्यावधिक निर्वाचन हुन्छ । चुनावमा प्रतिष्पर्धा हुन्छ । जित्नेको जित र पराजित हुनेहरुले सहज रुपमा पराजय स्विकार्ने गर्छन् । हालै अमेरिकामा सम्पन्न निर्वाच्नमा अप्रत्यासित रुपमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । सम्भाव्य हिलारी क्लिन्टन पराजित भएकी छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प कस्तो पृष्ठभूमिका हुन भनेर सबैको मनमा जिज्ञासा उठ्नु स्वभाविकै हो । सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्ध १९४५ मा आएर रोकियो । विश्वयुद्ध रोकिए लगत्तै विश्वले नै शान्तिको अनुभव गरयो । फलतः विश्वभरिनै युद्धपछिको पुनर्निर्माणको लहर चल्यो । अमेरिकाको चर्चित सहर न्यूयोर्कमा पनि धमाधम नयाँ भवनहरु थपिदै थिए । उक्त सहरमा विल्डरका रुपमा भवनहरु बनाउने काममा फ्रेड ट्रम्प व्यस्त थिए । आफ्ना पिताजी सँगै जर्मनीबाट न्यूयोर्क पुगेका फ्रेड ट्रम्पले सन् १९३६ मा स्कटल्याण्डबाट न्यूयोर्क पुगेकी मेरीसँग विवाह गरेका थिए । फ्रेड ट्रम्प न्यूयोर्क सहरको क्विन्स न्युयोर्क सिटीका विल्डरको रुपमा चिनिन्थे, निजको परिवारमा चौथो सन्तानका रुपमा जन्मिए डोनाल्ड ट्रम्प । जो सत्तरी वर्षपछि अमेरिकाको ४५ औं राष्ट्रपतिमा चुनिए । सन् २०१७ को जनवरी २० मा नवनिर्वाचित राष्ट्रपतिको रुपमा ४ वर्षका लागि ह्वाइट हाउसमा प्रवेश गर्दै छन् । यिनका दुई दिदी, एक दाई र एक भाई छन् । वाल्यकालमा साह्रै चकचके अटेरी भएका कारण यिनका पिताजी फ्रेड चिन्तित थिए । त्यसैले सपार्नका लागि १२ वर्षको उमेरमा न्युयोर्क स्थित आर्मी एकेडेमीमा भर्ना गरिदिए । अपेक्षाकृत सप्रिए पनि । अमेरिकाको चर्चित खेल वेसवल खेल्न थाले । सो टिमको कप्तानमा चुनिए । डोनाल्ड ट्रम्पको वानी विन्दास र मस्त पाराको थियो । मादक पदार्थ र चुरोटको लत बसी सकेको थियो । यिनका दाजु फ्रेड जुनियरको सन् १९८१ मा रक्सीको लतका कारण मृत्यु भयो । यसबाट भाई डोनाल्डले अविस्मरणीय शिक्षा लिएर रक्सी र चुरोट खाएनन् । आफ्नो पिताजी सँगै विल्डरको काम सिकेर अमेरिकाको खर्वपति धनाढ्यमा गनिएका छन् र विश्वकै ३२४ औं धनिमा गनिन्छन् । डोनाल्ड ट्रम्पले १९६४ मा पेन्सिनभेनिया युनिभर्सिटिीबाट कमर्समा व्याचलर गरेका हुन् ।
सन् १९७१ देखि धनाढ्यका रुपमा चिनिएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्राण्ड हायात होटल खोलेर कुस्त कमाउनुको साथै चर्चाको शिखरमा चढे । ट्रम्पलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाको सर्वाधिक धनिको सूचिमा राखेको थियो भने विश्वमा ३२४ औं स्थानमा परेका थिए । अमेरिकाको राष्ट्रपति हुनुपूर्व ट्रम्पको परिचय रियल स्टेट व्यवसायी, टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । जीवनमा मदिरा नछोएका ट्रम्पले सन् २००६ मा आफ्नो कम्पनी मार्फत भोड्का उत्पादन गरेका थिए । सन् २०१५ मा राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चुनिएका थिए । दश वर्ष अघि मेनेनियासँगको विवाह सहित तीन विवाह गरेका व्यक्ति हुन् ।
पूर्वमा कनेक्टिक्ट र न्यूयोर्क देखि पश्चिममा वासिङटन र क्यालिफोर्निया सम्म, उत्तरमा माइनसोटा र नर्थ डकोटादेखि दक्षिणमा लुमियाना र टेक्सास सम्म, सुदूरपूर्वको हवाई र सुदूर पश्चिमको अलास्कासम्म फैलिएको विशाल अमेरिकाको ५० वटै राज्यमा यसपटकको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले सान्दार विजय गरे । प्रत्येक राज्य र वाहिररहेका अमेरिकी भू–भागमा श्रृंखलाबद्ध रुपमा चुनाव हुन्छन् । फेब्रुअरीबाट सुरु भएको निर्वाचन यही डिसम्बरमा सम्पन्न भएको छ । अमेरिकी विधानतः राष्ट्रपतिमा उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्छ । अमेरिकामा निरन्तर १४ वर्ष बसेको हुनुपर्छ । वास्तविकता चाहिँ सन् १९३३ यता राष्ट्रपति भएका सबै प्रायः गभर्नर, सिनेटर वा पाँचतारे उच्च सैनिक अधिकारी थिए । त्यसमा पनि पार्टीको मनोनयनमा पर्नै पर्छ र राष्ट्रिय सञ्चार माध्यमको ध्यानाकर्षण हुनुपर्छ । यसपालिको निर्वाचनमा १० जना गभर्नर तथा पूर्वगर्भनर, १० जना बहालवाला तथा पूर्व सिनेटर थिए । हालै सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टन र ट्रम्प वाहेक लिवर्टीयन पार्टीका ग्यारी जोनसन, जो अमेरिकाका परिचित व्यापारी, लेखक एवं राजनीतिज्ञ हुन् । यिनले न्युमेटिक्सको गर्भनर चलाएका थिए । यही यिनको ठुलो निर्माण कम्पनी छ

। ग्रिन नामक पार्टीबाट जिल स्टेनले उम्मेदवारी दिएक ाथिए । यिनी सन् २०१२ मा पनि उम्मेदवार थिइन । डारेल क्यासल कास्टिट वसन पार्टीबाट उम्मेदवार थिए ।यिनी सन् २००८ मा उपराष्ट्रपतिको उम्मेदवार थिए । इभान म्याकमुलिन स्वतन्त्र उम्मेदवार थिए । यिनी पूर्व सिआईए अप्रेसन अधिकृत थिए । डेमोक्रेटिक पार्टी र रिपव्लिकन पार्टी वीच कडा प्रतिपष्र्धा थियो । प्रत्यासी हिलारी क्लिन्टनले न्यूयोर्कमा मतदान गरीन भने डोनाल्ड ट्रम्पले म्यानहटनमा मतदान गरे । मतदाताले विगतमा प्रशासन चलाएको अनुभव भन्दा पनि अमेरिकालाई प्रभावशाली ग्रेट नेशन बनाउन नयाँ ढंगबाट सोच्ने र काम गर्ने व्यक्ति चाहेको मेसेज चुनावबाट दिएका छन् । ५० राज्यका अमेरिकी मतदाताले के विश्वास लिएका छन् भने पुस्तक लेख्नु र आफ्नो व्यवसाय सफलतापूर्वक संचालन गर्नुभन्दा देश दुनिया चलाउनु कठिन काम भएकोले कि एकदम राम्रो कि नराम्रो परिणतिमा पुरयाउलान भन्ने छ ।
राष्ट्रपति ट्रम्पको नारा एउटै हो–“देश भक्ति” । देश प्रेम आफैमा सर्वाधिक सवल पक्ष हो । देशप्रेमको भक्तिका कारणले पनि सार्वजनिक पदमा कहिल्यै नबसेको व्यक्तिलाई आशान्वित हुँदै मत दिएर विजयी बनाएका हुन् । पछिल्लो समयमा चीनको बढ्दो प्रभाव, उसले गरेको आर्थिक प्रगति र अमेरिकी बजारमा चिनियाँ सामाग्रीको बाहुल्यताले जुन वर्गलाई चिन्तित बनाएको थियो, राष्ट्रपतिको उम्मेदवार हुँदा ट्रम्पले मूल्याङ्कित उपयोग गरे । स्वेत, अस्वेत, ल्याटिनी, पुरुष, स्त्री, गाउँले, सहरिया सबै किसिमका पृष्ठभूमिको जनता चिनियाँ प्रभुत्व र खोसिदो अवसर प्रति चिन्तित थिए । अमेरिकीहरु आफ्नो आर्थिक भविष्य सुरक्षित कसरी गर्ने भन्ने चिन्तामा थिए । सन् २००८ देखि अमेरिका निरन्तर आर्थिक मन्दिको चपेटामा परिरह्यो । सन् १९२० को दशकमा झेलेको “ग्रेट डिप्रेसन” जतिकै लामो आर्थिक मन्दिले अमेरिकी चिन्तित थिए । चुनावको वेला डोनाल्ड ट्रम्पले मुख्यतः ५ वटा मुद्दालाई केन्द्रमा राखेका थिए । पहिलो मुद्दा आप्रवासी अमेरिकामा ओइरिएका कारण रैथाने अप्ठेरोमा परेको, दोश्रो–अमेरिकाको दक्षिण सीमातर्फ ठुलो पर्खाल ठड्याउने र शरणथलो निमिटयान्न पार्ने, तेश्रो–अनेकन अपराध गरी अमेरिकामा लुक्नेलाई उनीहरुकै देशमा फर्काउने, चौथो बलत्कारजन्य गर्भ वाहेक अमेरिकी सरकारी कोषबाट गर्भपतन गराउने कार्य तत्कालै बन्द गर्नुपर्छ, स्वास्थ्य नितिलाई अमेरिमा सबैभन्दा चासोपूर्वक हेरिन्छ । पाँचौ –व्यक्तिले बन्दुक राख्न पाउने अधिकारको पैरवी गरेका थिए, आतंकवादी आव्रmमण गर्ने गराउने मुलुक वा समूहप्रति ट्रम्प अनुदार छन् । कर दरमा १५ प्रतिसतले कटौति गर्ने र कतिपय समुदायलाई त शून्य प्रतिसत करमा झार्ने मुद्दा ट्रम्पले उठाएका थिए । राष्ट्रपति वाराक ओवामाले ल्याएको “ओवामा केयर” लाई असफलताको संज्ञा दिएका छन् । रोगी केन्द्रीत स्वास्थ्य सेवा प्रणाली हुनुपर्ने ट्रम्प निति छ । अर्थतन्त्र र रोजगार बृद्धिका लागि ट्रम्पले व्यापार निति कर निति सरल बनाउने देखि अमेरिकामानै लगानी गर्ने उद्योग निर्माण गर्ने लगायतका निति ट्रम्पका ग्रेट अमेरिका बनाउने रहेका छन् ।
ट्रम्प देशभक्तिका कारण अमेरिकामा अनधिकृत वसोवास गरीरहेका नेपालीलाई असर परेर स्वदेश फर्कनु पर्ने वाध्यात्मकता पर्न सक्छ । हालै सम्पन्न अमेरिकी चुनाव दुई व्यक्ति पूर्व राष्ट्रपति क्लिन्टन पत्नी हिलारी र सैनिक एकेडेमीमा हुर्किएका धनाढ्य ट्रम्प बीचको मात्रै थिएन, दुई पृथक सोच र सिद्धान्त वीच थियो । ५० वटा राज्यबाट निर्वाचित प्रतिनिधिमूलक ५३८ इलेक्टोरोल म (कलेज)बाट २७० भोट ल्याउने विजयी हुने प्रावधान अनुसार बहुमतबाट ट्रम्प विजयी भएका हुन् । राष्ट्रपतिको निर्वाचन “हाउस अफ रिपर्जन्टिभ”ले गर्दछ । घोर दक्षिणपन्थिहरुलाई ट्रम्पको विजयले उत्साहित बनाएको छ भने अरुलाई अभिशाप जस्तो भएको छ । अमेरिकी–चीन सम्बन्धमा वरफ जम्न थालेको छ भने भारतसँगको सम्बन्धमा ट्राफिक लाइटको पहेलो बत्ति बल्न थालेको छ । नेपालमा पनि सार्क सम्मेलनको असर परीरहेछ । अव अमेरिकाले विल्कुलै नयाँ एजेन्डा विश्व समक्ष राख्न सक्छ । चीन र अमेरिका वीचको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्ध मूल कारक बन्न सक्छ । चीन, रुस, भारतले गन्तव्य अब कस्तो लिन्छन्, त्यसै अनुसार नेपालले पनि गन्तव्य लेला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया