सोमबार गोसाइकुण्डले मधुमेह, थाइरोइड र बाथरोगको निशुल्क शिविर सञ्चालन गर्ने

विजनेसपाटी २७ कार्तिक
बाथरोग, थाइरोइड तथा मधुमेहको लागि अग्रणी रुपमा सेवा दिँदै आएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रद्धारा सञ्चालित बाथरोग, मधुमेह तथा थाइरोइड सेन्टरले यही कार्तिक २९ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सो शिविर गोसाइकुण्ड स्वास्थ्य सेवा केन्दको आफनै भवन गोगंबुमा सञ्चालन हुने संस्थाका व्यवस्थापक नयन दुलालले बिजनेसपाटीलाई बताए । madhuएक दिन मात्र सञ्चालन हुने सो शिविरका आर्कषणहरुमा विशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क जाँच तथा परामर्श, निशुल्क ल्याब जाँच, टीएफटीमा ५० प्रतिशत छुट र निशुल्क डिस्कान्ट कार्ड वितरण गरिने गोसाइकुण्डद्धारा प्रदान गरिएको पर्चामा उल्लेख छ । निशुल्क सेवा लिन सेवाग्राहीहरुले अग्रिम नाम बुकिङ गर्न सक्ने संस्थाका व्यवस्थापक नयन दुलालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया