स्वदेशी कपडा प्रवद्र्धन गर्न माग

ललितपुर -३ चैत्र

जिल्लाका कपडा उद्योगमा संलग्न व्यवसायीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य लाग्नुपर्ने बताएका छन् ।

लुभु र बाँडेगाउँका कपडा व्यवसायी संघले शुक्रबार टीकाथलीमा आयोजना गरेको अन्तक्र्रियामा व्यवसायीले नेपाली कपडाले विदेशबाट आयात भएका कपडासँग प्रतिष्पर्धा गर्न गाह्रो भएको बताए ।

ललितपुर उद्योग वाणिज्य संघ २ नं क्षेत्रीय अध्यक्ष जुजुकाजी महर्जन स्वदेशी वस्तुको उपयोग नगर्ने चलनले गर्दा कपडा उद्योगसमेत समस्याग्रस्त बनेको बताउँदै परम्परागतरुपमा कपडा बुन्ने उद्योग सञ्चालन भएकामा अहिले बस्ती घना हुँदा व्यवसायीलाई गाह्रो भएको गुनासो गरे ।

सांसद् पम्फा भुसालले जिल्लाको मात्रै नभएर देशको आर्थिक विकासमा कपडा उद्योगले भूमिका खेल्न सक्ने बताइन् ।

सांसद कृष्णलाल महर्जनले भन्सारमा कपडाभन्दा धागोमा कर बढी तिर्नुपर्ने हुँदा व्यवसायीले सस्तो मूल्यमा कपडा बनाउन नसक्ने बताए ।

सांसद नवराज सिलवालले व्यवसायले दिने रोजगारी र कर नै मुलुकका लागि ठूलो योगदान हुने बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया