स्वाथ्यबर्दक ग्रीन टी, स्लीम टी उत्पादन र बजारीकरणमा हाम्रो जोड छ ।

दिपकप्रसाद घिमिरे,
प्रबन्धकः आर्कषक उपभोक्ता सहकारी संस्था लि, सातदोबाटो

१) आर्कषक उपभोक्ता सहकारी संस्थाको कसरी स्थापना भयो ?
३२–३३ हजार सहकारीहरुको भिडमा केही नयाँ काम गरौं । उपभोक्ताहरुको स्वास्थ्य तथा सौन्र्दयको निम्ती नेपाली बहुमुल्य जडिवुटीहरुको प्रयोग गरी केही राम्रा वस्तुहरु उत्पादन गरौं । र, त्यसलाई प्याकेजिङ र बजारिकरण गरेर राज्यलाई पनि अलिकति आर्थिक टेवा दिन सकियोस् र आफनो अभियानबाट सकारात्मक प्रभाव परोस् भन्ने हिसावले हामीले यस उपभोक्ता सहकारी स्थापना गरेका हौ । उपभोक्ताहरुको स्वास्थ्य, सौन्र्दय र भलाइको निमित्त नै हामीले यस प्रयास थालेका हौ । जसबाट सबै पक्ष लाभान्वित होउन् भन्ने कामना छ । नेपालमा मात्र नभएर विश्व बजारमै हाम्रा स्वास्थ्यबद्धक स्वदेशी उत्पादन पु¥याउने लक्ष्यका साथ ०६९ मा हाम्रो यस सस्था स्थापना भएको हो ।
२) सहकारीबाट नै किन यस्तो स्वास्थ्यबद्र्धक वस्तुहरु उत्पादन गर्नु भएको ?
किनकी सहकारी भनेकै समुहमा आधारित सस्था हो । हामी सहकारीताको माध्यमबाट उपभोक्ताको स्वास्थ्य र सौन्र्दयमा एउटा महत्वपूर्ण योगदान राख्ने अभियानमा छौ । सहकारीमा सिमित ब्यक्ति नभइ समुहमा आधारित, सामाजिक कल्याणको उदेश्य सहित धेरै मान्छेमा जान सकिने भएको र एक प्रकारको सामाजिक कार्य नै भएकोले हामीले यस उत्पादनका निम्ती सहकारीको माध्यम अपनाएका हौं ।
हिजोआज जुनसुकै उदेश्यले सहकारीहरु स्थापना भएको भएपनि बचत तथा ऋणमा नै केन्द्रित भएको अवस्था छ । तर हामीले उपभोक्ता सहकारीको उदेश्य अनुरुप नै संस्था खडा गेरेर आम उपभोक्ता हितका वस्तुहरु उत्पादन तथा विक्रि वितरणका गरिरहेका छौ । साथै विश्व बजारमा जानका निमित्त पनि सहकारीको माध्यम प्रभावकारी हुने भएकोले हामीले यस्तो प्रयास थालेका हौ । slim

३) स्वास्थ्यबद्र्धक वस्तुहरु उत्पादन, प्याकेजिङ र ब्राण्डिङ गर्छौ भन्नुभयो । के–कस्ता वस्तुहरु उत्पादन तथा बजारिकण गर्दै आउनु भएको छ ?
हामीले अग्रानिक ग्रीन टी, हर्वल स्लीम टी, हर्वल मसाज तेल, हर्वल सावुन तथा हर्वल इर्नजी टी उत्पादन तथा बजारिकरण गर्दै आएका छौ । यी वस्तुहरु पूर्ण रुपमा नेपाल भित्रै रहेका जडिवुटीहरुद्धारा बनाइएको हो । विस्तारै हाम्रा यी प्रोडक्टहरुले बजार लिन थालेका छन । हामीले आफना उत्पादनहरुलाई एकोल बण्डका रुपमा विकसित गर्दै छौ । यी जति पनि हाम्रा प्रोडक्टहरु छन् ती सबै आर्युवेदीक डाक्टरहरुद्धारा निर्मित हुन् ।

४) तपाइका उत्पादनहरुका विशेषता, उपयोगीताहरु के के छन ?
जस्तो हामी ग्रीन टी बेच्छौ । ग्रीन टी यस्तो चिया हो । जुन आम उपभोक्ताहरुले प्रयोग गर्न मिल्छ । ग्रीन टीको विषयमा मैले बोलिरहन पर्दैन । किनकी विविसि देखि विश्वका ख्याती प्राप्त मिडियाहरुले यसका लाखौ प्रकारका फाइदाहरुबारे सञ्चार गराएकै छन । जुन अत्यन्तै स्वाथ्यबद्र्धक छ । मानव शरिरका लागि ग्रीन टी फाइदाजनक छ ।
त्यसैगरी हाम्रो अर्को मुख्य उत्पादन स्लीम टी हो । जुन मोटोपना भएकाहरुलाई फाइदाजनक छ । सुरुवातमा यस स्लीम टीबारे जनमानसमा कम जानकारी र विश्वास भएको कारण केही अप्ठेरो अवस्था थियो । तर अहिले स्लीम टीको सकारात्मक प्रभावसँगै बजार बढिरहेको छ । मुख्यतया प्रयोगकर्ता सन्तुष्ट रहेका कारण उनीहरुकै सिफारिसमा यसको बजार विस्तार भैरहेको छ । स्लीम टी गुडमार, कुड्की, पिप्ली, सिलाजित, दालचिनी, त्रिफला,गुग्गुल जस्ता नेपाली जडिवुटीहरुको प्रयोग गरी बनाइएको जडिवुटीजन्य चिया हो । यस चियाको प्रयोगबाट घरमै बसी बसी आफनो मोटोपना घटाउन सकिन्छ । यस चियाको सेवनबाट घरमै बसी बसी एक महिनामा ४ देखि ६ केजीसम्म मोटोपना घटेको हाम्रा अनुभव छन ।
त्यसैगरी इर्नर्जी टी पनि हाम्रो अर्को उत्पादन हो । शारिरीक दुर्वलता भएकाहरुका लागि यो चिया उपयुक्त हुन्छ । यसमा हामीले शुद्ध मह, पानको पात,सिलाजित, मकरध्वज,गोक्षुर, अशोगन्धा लगायत बहुमुल्य जडिवुटी प्रयोग गरेका छौ । यसको प्रयोगले मानव शरिरमा थकान कम गरी स्फुर्ती बढाउने, दुर्वलता हटाउने र सेक्स पावर बढाउने काम गर्छ । जुन महिला पुरुष दुवैका लागि उपयुक्त छ ।
त्यसैगरी मसाज तेल ः जुन चाँही ठोकिएको, मर्किएको, गर्दन दुखेको, ढाड दुखेको,कम्मर दुखेको ठाउँमा लगाउन विशेष उपयोगी छ । जसमा नीलगिरी, पुदिना, देवदारु, कपुर, धर्सिग्रे जस्ता उच्च हिमाली जडिबुटीको प्रयोग यसमा भएको छ ।
हर्बल सावुन ः यो सावुन चाँही एलोभरा र निमबाट बनेको हो । जुन चाँया, पोतो, डन्डी्फोर, दाग, घाउ,खटिरा, एर्लजी आदि समस्याको लागि उपयुक्त हुन्छ । यसले छालालाई स्वथ्य, तन्दुरुस्त र मुलायम बनाउन मद्धत गर्छ ।dp1

५) तपाइको सहकारीका यी प्रोडक्टहरु बजारीकरण गर्ने सवालमा कस्तो अनुभवहरु रहे ? केही बताइदिनुहोस् न् ।
हाम्रै देशबाट विभिन्न जडिवुटीहरु चोरी सिकारी भइरहेका छन । ती नै जडिवुटीहरुद्धारा विदेशीले तयार पारेका वस्तुहरु नेपालीहरुले महगो मुल्य तिरेर प्रयोग गर्न बाध्य छन । कतिपय उपभोक्ताहरु नेपाली वस्तुहरु प्रति आर्कषित देखिन्छन भने कतिपय विदेशी वस्तुहरु प्रति बढी लालाहित छन । यसमा मिडियाले स्वदेशी उत्पादन उपभोग गराउने भुमिका खेल्नुपर्ने देख्छु म । मानिसहरुको नेपाली जडिवुटीजन्य उत्पादनहरु प्रति प्रर्याप्त जानकारी र चेतनाको अभावका कारण पनि कठिन संर्घष गर्न हामी बाध्य छौ । र, सफल पनि हुदै आएका छौ । विस्तारै नेपाली उत्पादनहरु प्रति मानिसहरुको चासो बढ्नेछ भन्ने मलाई लागेको छ ।

६) अन्त्यमा, तपाइको केही सन्देश छन् की ?
हाम्रो जस्तो उदेश्य बोकी कृयाशिल रहेका सहकारीहरुको उदाहरणीय प्रयासलाई राज्यले खोजी खोजी सम्मान तथा सहयोग गरोस् । यस्ता धेरै भन्दा धेरै सहकारी भोलीका दिनमा जन्मन सकुन् । जसले राज्यलाई टेवा दिन सकोस् । उद्यमशीलताको विकास, रोजगारी सिर्जना, सो्रत साधनको उपयोग र किसानको हितको निमित्त हामीले एउटा प्रयास थालेका हौ । यसमा आम उपभोक्ता, सरकार, मिडिया र अन्य निकायहरुको पनि सहयोग रहोस् भन्ने म चाहन्छु ।

प्रस्तुति रिसब गौतम

प्रकाशित मिति २०७३ जेठ २८ गते 

फेसबुकबाट तपाईको प्रतिक्रिया