हरे ! सरकारी अफिसको ताल

-हरि श्रेष्ठ
सरकारी अफिसमा स्वच्छ छवीको मुल्याकन चाहियो
कमीसनको आडमा सामान किन्ने प्रवृति वन्द होस्
चल्दा चल्दैका सामान स्टोर र ग्यारेजमा थनकिन्छन्
कमीसनको आडमा कमसल समान कार्यालयमा भित्रिन्छन्

कार्यालयले आलेपा र मलेपालाई पैसा खुवाउने प्रवृति बन्द गर्नुप¥यो
स्वच्छ छानविन गरी भ्रष्ट कालोबजारी कर्मचारीलाई कारवाही हुनुप¥यो
केको लागि राखेको बजेट राखिन्छ, स्टोर ग्यारेज हेर्नुपर्छ
कमीसनको आडमा समान किन्ने कमीसन खोरीलाई कारवाही हुनुपर्छ ।

वर्षैपीच्छे पुँजीगत खर्चमा वजेट राख्छन् अफिसमा सामान किन्न
के हेरेर जान्छन कार्यालयमा अडिड गर्न आउने
को.ले.नि.का. र म.ले.पाले निगरानी राखी छनविन गर्नुप¥यो
अडिड गर्न आउने व्यक्तिलाई कार्यालयले पैसा कति खुवायो

यसरी नै हामी नेपाली जनताको पैसा कर्मचारीले सक्छन्
कमीसनको आडमा कमसल समान किनी कार्यालय भर्छन्
कार्यालयका हाकिम र स्टोरकिपरको शहरमा महल हुन्छ
वषर््ौपिच्छे सामान खरिद गरी कार्यालयको स्टोर ग्यारेज भरिन्छ

अव हामी सर्वसाधारण जनताले यसको खोजी गर्नुप¥यो
हाम्रो कर कटाएर लिएको पैसा सरकारले कहाँ खर्च गर्छ जानकारी पाउनुपर्छ
कमीसनको आडमा जनता ठग्ने कर्मचारीलाई त्यसै छोड्नु हुन्न ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया