हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं ३१ बैशाख २०७८ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एक आपसमा गाभ्न–गाभिने प्रारम्भिक तहको समझदारीपत्रमा बिहिबार सम्झौता भएको छ । सो सम्झौतापत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने भएको छ । दयी दुइ बैकको मर्जरपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने बताइएको छ ।

बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३ र ३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको बनाउने बताइएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ र हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने र सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

त हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्टको १६० अर्ब ९८ करोड रुपैयाँ र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८ अर्ब २९ करोड रुपैयाँ र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपैयाँ रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक हुनेछ ।

बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछन् ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वासका साथ यो मर्जर कार्यमा लागेको विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया