सिभिल बैंकको नाफा १२६ प्रतिशतले बढ्यो

बिजनेसपाटी १५ बैशाख
चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा सिभिल बैंकले गत वर्षकोको तुलनामा १२६ प्रतिशतले नाफा बढाएको छ। यस बर्ष बैंकको नाफा ३५ करोड रुपैयाँ नाघेको छ । गत वर्ष बैंकले यस अबधिमा १५ करोड ४४ लाख नाफा गरेको थियो ।
 गत वर्ष ७३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष ८९ करोड २८ लाख रुपैयाँ गरेको छ।  बैंकले ३६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ३४ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ६ अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया