२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनमा अचाक्क्ली कीर्तिमान कायम : तोलामा तीन लाख १८ हजार ८ सय

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
1.4k views

ललितपुर । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य सात हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख नौ हजार ३ सय रुपैयाँ र चाँदी छ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस पाँच हजार २०० अमेरिकी डलर र चाँदी १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया