तीन ब्रोकरलाई शाखा खोल्न नेप्सेको निर्देशन
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_640,h_320/https://businesspati.com/wp-content/uploads/2016/04/nepse.jpg)
बिजनेसपाटी ९ चैत्र
नेप्सेले ३ ब्रोकरलाई तत्काल शाखा खोल्न निर्देशन दिएको छ। स्थान र ब्रोकर नै तोकेर तत्काल शाखा खोल्न नेप्सेले निर्देशन दिएको हो । नेप्सेले सनि सेक्युरिटिज प्रा.लिलाई नारायणगढ, भिजन सेक्युरिटिज प्रा.लिलाई बनेपा र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई बिर्तामोडमा शाखा खोल्न निर्देशन दिएको हो । लगानीकर्तालाई सेवा उपलब्ध गराउन ति ब्रोकरलाई आवश्यक लिंक उपलब्ध गराईसकेको हुँदा नेप्सेले अबिलम्ब कारोबार संचालन गरी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया