सनराइजको बोनस प्रस्ताब पारित

बिजनेसपाटी ८ कार्तिक

सनराइज बैंकको ३३ दशमलब ३३ प्रतिशत बोनस शेयर पारित भएको छ। कात्तिक ७ मा बसेको बैंकको बिशेष साधारणसभाले बोनस शेयर दिने प्रस्ताब पारित गरेको हो।

त्यस्तैगरि  साधारणसभाले बोनस शेयरपछि कायम हुन आउने चुक्ता पुंजीको १० बराबर ३ शेयर अर्थात ३० प्रतिशत हकप्रद दिने प्रस्ताब पारित गरेको छ।

हालै नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेको सनराइज बैंकको बोनस शेयर र हकप्रद वितरणपछि चुक्ता पुंजी ७ अर्ब हाराहारी पुग्ने छ।  बैंकको हाल चुक्ता पुंजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

एनआईडीसी क्यापिटल मार्केटस एक्वाएर गरेपछि र चालु आर्थिक बर्षको कमाइ मार्फत बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्ने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया