सुनको मुल्य हालसम्मकै उच्च

काठमाण्डौ ५ भदौ २०८१

सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १ हजार ८३५ रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार १७५ रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५७३ रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया